हङकङमा पनि इनास गठन, अध्यक्षमा गायक नागेन्द्र श्रेष्ठ

सागर नकर्मी –

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को ६७ औं शाखाको रुपमा इनास हङकङ गठन भएको छ।

पुराना तथा निकै चर्चित गायक नागेन्द्र श्रेष्ठको अध्यक्षतामा गठन भएको इनास हङकङलाई ग्लोबल समितिबाट अनुमोदन गरेपछि यस संस्थाको ६७ औं शाखाको रुपमा हङकङ समितिले आधिकारिकता पाएको हो।

हाललाई तदर्थ समितिको रुपमा मान्यता प्राप्त समितिमा ग्लोबल प्रतिनिधिको रुपमा रचना प्रधान छानिएकी छिन् भने कृष्णभक्त महर्जन र क्षितिज उपाध्याय उपाध्यक्ष, गायत्री जोशी थापा महासचिव र रिना कोषाध्यक्ष तथा महेश शिल्पकार, करुणा श्रेष्ठ, मौशम लिम्बू र विजय श्रेष्ठ कार्यकारी सदस्यको रुपमा रहेका छन्। त्यस्तै श्री जितेन्द्र महर्जन (ज्याक) प्रमुख संरक्षक, बिनय शाह संरक्षक, हरि श्रेष्ठ र किशोर श्रेष्ठ सल्लाहाकारको रुपमा रहेका छन्।

संसारभरिका अधिकांश नेपाली कलाकार, साहित्यकार तथा कला र साहित्यप्रेमीहरुको सबै भन्दा ठूलो संस्थाको रुपमा उदाएको यो संस्थाले युरोपमा हरेक वर्ष महादेश स्तरीय गायन र नृत्य प्रतियोगिता, नेपाली फिल्मको सम्मानको लागि इनास अवार्ड र सांस्कृतिक माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा सघाऊ पुर्याउने कामहरु गर्दै आएको छ भने नेपालमा विद्यालय भवन निर्माण, वालवालिकालाई पाठ्यसामाग्री वितरण र छात्रावृत्ति प्रदान जस्ता सामाजिक कामहरुमा समेत सहयोग गर्दै आएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18812