कोरियाको समुद्रमा फोटो खिचे ५ बर्ष जेल, १ करोड जरिवाना फस्नु होला नि ?

रोशन भट्टराई, कृष्ण शर्मा सौल।

दक्षिण कोरियामा गर्मी महिना शुरू भएसँगै कोरियाको समुद्रतटहरुमा गर्मी (여름) मनाउन देश तथा बिदेशका मानिसहरूको घुँईचो नै लाग्ने गर्दछ।

कोरियाका सबै समुन्द्रको छेउ तथा पानी जहाज डुङगाहरूमा स्वदेशी तथा बिदेशी युबा युबतीहरू भरिभराउ हुने हुनाले समुन्द्रको बिचमा गएर पानी खेल्दै युबाहरू अानन्दमा झुम्ने रमाउने गर्दछन्।

युबतीहरूले लगाएका छोटा छोटा बिकिनी तथा भिजेका लुगाहरू देख्दा युबाहरूको होसै उड्ने गर्दछ । शरीर तथा बिकीनी, भिजेका लुगाहरूमा लालाहित भएर महिलाहरुलाई हेर्ने, नदेख्ने गरी फोटो लिने, भिडीयो समेत खिच्ने , जाड रक्सी खाने, हो-हल्ला गर्ने जस्ता ब्यबहार प्राय युवाहरूले गरेको पाईएको छ। तर कोरियामा हामीहरूले जानी नजानि गल्ती त गर्दै छैनौ होसियार हुनुहोला ? कोरियामा यसरी अरूले नदेख्ने गरी अनि चिनजान बिनानै फोटो लिएको खण्डमा यहाँको कानूनको दायरामा पुग्नु पर्ने हुन्छ।

गएको बर्षमात्रै यसरी जानी- नजनी गल्ती गरेर सजाय पाउनेको संख्या उल्लेखनीय रहेको कोरिया पुलिस डिपार्टमेंटको तथ्यांकले देखाएको छ। यसरी सजाय पाउनेहरुमा बिदेशीहरु धेरै रहेका छन्। यस क्रममा नेपालीहरु पनि कैद र जरिवानाका दोषी भएका छन्।

यदि यस्तो गरेको खण्डमा पुलिस केस भएमा ५ बर्षसम्मको जेल सजाय र १ करोड वन जरिवाना तिर्नु पर्ने यहाँको कानून रहेको पुलिस डिपार्टले बताउछ् । त्यति मात्रै न भएर स्वदेश फिर्ता गर्न समेत सक्नेछ । त्यसैले अरु कसैको फोटो उनीहरुको अनुाति बिना लिनु हुन्न भन्ने बुझ्नुहोला।

यसरी फोटो लिनेको संख्या बढ्दै गएकाले त्यस्ता स्थानहरुमा कोरिया सरकारले सादा पोशाकका प्रहरी परिचालन गरेको हुनाले त्यस्तो कार्य नगर्न र साथी-भाई,अाफन्तहरूलाई समेत सूचना तथा जानकारी गराउनुहोला।

हालै मात्र कोरियामा बिदेशीहरुको चेक जाँच गर्न मिल्ने ईन्टरनेट एप्स कोरिया इमिग्रेशनले पुलिसलाई बुझाएको छ। अब झन बिचार पुर्याउनु पर्ने भएको छ । कोरियामा रहनुहुने नेपालीहरू गर्मी बिदा मनाउन निस्कदै हुनुहुन्छ होला । त्यसैले समुन्द्र तथा कारियाका बिभिन्न शहरहरूमा बालबालिका , युबती,तथा महिलाहरूलाई कोरियामा जानी नजानि गल्ती त गर्दै छैनौ कोरियाको कानुन बलियो छ।

होसियार हुनुहोला है ५ बर्षसम्मको जेल सजाय तथा १ करोड वनसम्म जरिवाना हुन सक्छ। त्यसकारण अाफन्त साथी, भाई सबै नेपालीहरूलाई जानकारी गराउनुहोला।





Comments

comments

Leave a Reply

18814