एनआरएनए चीनको अध्यक्षमा नवीन बिकको उम्मेद्वारी, को हुन् नवीन बिक?


नवीन बिक

विजय थापा / एचकेनेपाल डट कम

चितवन घर भै हाल चीनमै बसोबास गर्दै आएका नबिन बिकले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति चीनको अध्यक्ष पदमा उम्मेदवार दिने भएका छन्।

एनआरएन चीनमा स्थापना कालदेखि नै कोषाध्यक्षको रुपमा एनआरएनको यात्रा शुरु गर्दै अहिलेसम्मको एनआरएन यात्रामा दुई कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष जस्तो गरिमामय पदमा काम गरि सकेको अनुभवले आफू अब अध्यक्ष पदमा उम्मेदवार दिने निर्णयमा पुगेको उनले बताए।

सन् २००२ मा दुबई गएर २ बर्ष त्यहाँको प्रसिद्ध घड़ी कम्पनि रिभोली ग्रुपमा सेल्सम्यान(बिक्रीकर्ता ) को रुपमा बैदेशिक रोजगारको शुरुवात गरेको उनले बताए। राम्रो कमाई हुदा हुदै पनि दुबई मेरो लागि हैन , म यो भन्दा अरु नै तर यो भन्दा ठूलो कामको लागि जन्मेको हुं भन्ने सन् २००४ मा नेपाल फर्किएको बताए।

नेपाल बसाई क्रममा केही समय चाईनिज भाषा पढाउने क्रममा केही ब्यापारीहरुको सम्पर्कमा आउदा ति ब्यापारीहरुले नै चीन जान सुझाब दिए। उनी २००५ मा चीनको औघोगिक शहर गोन्जाउ पुगे। तर बर्ष दिन कोठामा सुतेर खानेको बिकल्प उनि संग थिएन। उनी स्मरण गर्दै चीनमा ब्यापार ठूलो हुने र त्यति ठूलो पैसाको कारोबार गर्दा कसैले झ्वाट्ट बिश्वास गर्न गार्हो हुदो रहेछ। त्यसैले १ बर्ष सम्म ब्यापारीहरुसंग परिचय गर्दैमा बित्यो भनि आफ्ना अतितका केही कुराहरु पोखे।

नेपालमा ताईवानका तावजीमहरुसंग चाईनिज भाषा सिकेकोले ठूलो काम लाग्यो। अनि आफ्नो चिनको यात्रा चलि रहेको उनले बताए। चीनमा एक पटक कलकत्ताको मारवाडी ब्यापारीलाई ५० हजार डलरको यन्त्र किनी दिंदा पन्ध्र सय डलर पाउन पर्ने सेवा शुल्क नदिई गएको तितो अनुभव समेत सुनाए।

उनी भन्छन् सन् २००७ सालमा हङकङबाट बुद्धि बहादुर थापालगायतका अग्रज आएर चीनको गोनजाउमा बिधिबत रुपमा एनआरएन चाईनाको शुरुवात भएको बताए।

उनले गोन्जाउमा दुई वटा नेपाली नामका चमेना गृह कस्तूरी रेस्टोरेन्ट एण्ड बार र अर्को नमस्ते किचन तथा दुई वटा नाइट क्लब(रात्री क्लब ) खोली नेपालका धेरै जनालाई रोजगारको अबसर प्रदान गरेका थिए। अहिले कार्य ब्यस्तताले यी कार्यहरुलाई पार्टनरहरुको जिम्मा लगाई आफू स्टीलपाईप, स्टिलका भाँडाकुँडाहरु , नन उभन फेब्रीक , र धागा बनाउने मेशीन बनाएर निर्यात गर्न ब्यस्त हेको बताउछन।

यसको साथै सन् २००५ साल देखि फाईभ स्टार ईन्टरनेशनल ग्रुप लिमिटेड (हङकङ) को प्रबन्ध निर्देशकको रुपमा अहिलेसम्म नेपाल,भारत ,बंगलादेश, खाड़ी मूलुक र अमेरिकालगायत अन्य देशहरुमा सामानको निर्यात गर्दछन्।

उनी चीन चाईना बसेर चीनको नया प्रबिधिहरु नेपाल भित्र्याउन प्रयास गरिरहेका छन्। उनको सामाजिक सेवामा त्यतिनै संलग्नता रहेकोले यसैको प्रयास स्वरुप चितवन मा २०१४ मा नेपालकै पहिलो बालमैत्री अन्तर्राष्ट्रिय स्तरको चिल्ड्रेन पार्क (बाल उद्यान )स्थापना भएको छ। जसबाट चितवनबासी मात्रै नभइ छिमेकी जिल्लाका बालबालिकाहरु पनि लाभान्वित भएका छन्।

गोनजाउमा कोही नेपाल सरकारको उच्च व्यक्तित्वहरु आउंदा होस् वा दलालको चंगुलमा परेर दुख पाएकालाई उनले सक्दो सहयोग गरेका छन्। आफूभित्र मानवता र समाज सेवाको भावना रहेकोले आफू सेवा गर्न पछि कहिले नहट्ने उनले बताए। आउदो बर्षहरुमा चितवनमा चाईना टाउन र वाटर पार्क खोली चितवन तथा जिल्लाबासीहरुलाई काठमांडौको थोकमुल्यमा सामान उपलब्ध गराउने तथा देशमा अत्याधिक गर्मी हुनी ठाउंमा पर्यटक तथा स्थानीयहरुलाई चिसो पानीले मनोरन्जन गराउने योजना बुनेको पनि बताए।

समाज सेवाको कुरा गर्दा नेपालको बाढीपीडित होस् वा भूकम्प पीडित राहत कार्यक्रमको लागि पनि अन्य गोनजाउका साथीहरुसंगै निकै खटिएका व्यक्तिमा उनी गनिन्छन्।

उनी एनआरएनका देश बिदेशको कुनै पनि कार्यक्रम प्राय: छुटाउदैन्। नेपालको विश्व सम्मेलन होस वा मलेशियाको एशिया प्यासेफिक क्षेत्रीय सम्मेलन होस्, वा छिमेकीहरु राष्ट्रहरु हङकङ, मकाउ ,मध्यपूर्वी एनआरएनको कार्यक्रममा सम्भव भएसम्म सहभागी भएकै हुन्छन्। जापान ,अमेरिका लगायतका देशहरु भ्रमण गरी एनआरएनका साथीहरुसंग सुमुघुर सम्बन्ध कायम गरी आपसी समझदारी बढाएको अनुभब संगालेको उनी बताउंछन्।

आफुले स्थापना कालदेखि नै निस्वार्थ भावनाले काम गरेको र आफूसंग अनुभव पनि रहेकोले आगामी २०१७-२०१९ को लागि अध्यक्ष पदकों दावेदार रहेको उनी बताउद्छन्।

अध्यक्ष पद मै किन उम्मेदवारी दिन खोजिएको जिज्ञासा राख्दा उनी भन्छन्, एनआरएन चीनको हालसम्म पनि दर्ता हुन सकेको छैन। हाम्रो आधिकारिक कुनै कार्यालय पनि छैन। आफू अध्यक्ष पदमा निर्वाचित भएमा सबै भन्दा पहिला एनआरएन दर्ता गर्ने र कार्यालयको ब्यबस्था गर्ने आफ्ना मुख्य कार्यसूची तथा प्रतिबद्धता रहेको बताए।

२०१३-२०१५ कार्यकाललगायत साथीहरु हाम्रो अहिलेको समितिमा सहभागी छैनन् भन्दै अहिले हामी बीचमा आएको फुट र गुटलाई सधैको लागि अन्त्य गरिने प्रतिबद्धता रहेको उनको रहेको बताए। उनि भन्छन – मेरो स्वतन्त्र उम्मेद्वारी पनि यसैको प्रतिक हो। मैले कुनै गुट बनाएर वा समूह बनाएर अधक्ष्यको चुनाबमा होमिएको छैन।

उनी भन्छन् अहिले हाम्रो समिति गोनजाउ र यी उ भन्ने शहरमा मात्रै सीमित छ। यसलाई बढाएर, बेईजिङ, संघाई, लासा, सेनजनलगायतका क्षेत्रमा पनि बिस्तार गरिने छ। आफू चीनको औघोगिक शहरलाई नेपालका औघोगिक शहरसंग र चाईनाका पर्यटकीय शहरलाई नेपालका पर्यटकीय शहरसंग भगिनी सम्बन्ध स्थापना गराएर सम्बन्धित क्षेत्रमा ज्ञान र सीप आदान प्रदान गरी नेपालको उद्योग र पर्यटन ब्यबसायलाई टेवा पुर्याउने छु।

उनले अगाडि भने गोनजाउमा रहेको नेपालीहरुको एक सयका हाराहरीमा रहेका रहेका ट्रेडिङ कम्पनीलाई ब्यबस्थित गरी एउटै छातामुनी ल्याई चीनमा हुने हुनी ठगी र चीनमा बिभिन्न समयमा बदलिई रहने नियम कानुनको बारेमा सामाधान तथा सूचना आदान प्रदान गर्ने ब्यबस्था मिलाउने र चीनमा बस्ने ब्यापारीहरुलाई कहिलेकाही सामान पठाउने क्रममा बिबिध कारणले पैसाको खाँचों पर्दा छोटो समयको लागि बाधा अड्चन फुकाउनको लागि निश्चित रकम निश्चित समयको लागि उपलब्ध गराउने प्रयास गर्ने छु।

यसको साथै उनी भन्छन् – गोनजाउमा कुनै पनि नेपालीको दुर्घटना भएमा वा मृत्युभएमा प्राथमिक उपचार तथा मृत शरीर नेपाल पुर्याउनको लागि एउटा छुट्टै राहत कोष खडा गर्ने छु। एनआरएन चाईनाको अहिलेसम्म कै क्रमभंग गर्दै प्रत्येक महिनाको आयब्ययको जानकारी तथा गरेका कार्यहरुको सम्पूर्ण बिबरण वेबसाईट(संजाल ) मार्फत सार्वजनिक गरिने छ। एनआरए चीनलाई पनि मध्यपूर्व , एशिया, युरोप, अमेरिकाका देशहरुका एनआरएनसंग एनआरएनको इतिहासमा पहिलो पटक भगिनी संबन्ध स्थापना गरी, ति देशहरुमा ब्यापारका सम्भाबनाका ढोकाहरु चीनबासी नेपाली ब्यापरीहरुको लागि खोल्ने ब्यबस्था मिलाउने छु।

नेपालको लागि कम्तीमा पनि ३ महिनामा एकचोटी शिक्षा र स्वास्थ्य सम्बन्धी जनसेवा कार्यक्रम चलाउने छु। मेरो कार्यकालमा बर्षमा १ चोटी नेपाल उत्सव संचालन गरी नेपाली शिप ,कला र सामानको प्रबर्दन गर्ने माहोल बनाउने छु। गोनजाउमा बस्ने ब्यापारी साथीहरु प्राय सबै जना उच्च शिक्षा हासिल गरेका र राम्रोसंग बसोबास गर्ने भएकोले उहाँहरुले हाम्रालाई भन्दा राम्रालाई मत दिई आफ्नो स्वबिबेक प्रयोग गरी आफूलाई एनआरएन चीनको अध्यक्ष पदमा अत्याधिक बहुमतले जिताउनु हुनेछ भन्नेमा कुरामा आफू बिश्वस्त रहेको उनले बताए।





Comments

comments

Leave a Reply

18836