बेलायतमा बिसी राईको अर्को पाईला!

सुरेन्द्र इङ्नाम

केन्ट, बेलायत । बेलायतको नर्टन न्याचबुल स्कुल, आशफोर्डमा गायक गीतकार, एरेन्जर तथा रेकर्डिस्ट बिसी राईको एल्वम ‘अर्को पाईला’ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

सुमायाँ राईको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अथितिमा भास्कर तितुङ्ग र अतिथिहरुमा क्रमशः नेपाल स्टार, गायिका तथा अभिनेत्री बिष्णु चेम्जोङ, कवि, गीतकार, समाजसेवी तथा ब्यबसायी घन थापा मगर, किरात राई यायोख्खा अध्यक्ष पदम राई, किरात याक्थुङ चुम्लङ अध्यक्ष काजीमान यक्सो, खोटाङ जिल्ला भूपू सभापति रत्न राई, किरात राई यायोख्खा उपाध्यक्ष कल्पना राई, किरात राई यायोख्खा उपाध्यक्ष दिवाकर राई, खोटाङ सेवा समाजका अध्यक्ष देबेन्द्र राई, वातावरणविद तथा विश्व नेपाली साहित्य महासङ्घ साउथ बेलायतका अध्यक्ष विजय हितानलगायत बेलायतका विशिष्ट साहित्यिक तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो।

गायक गङ्गाराज राईले कार्यक्रममा उपस्थित संगीत, साहित्यप्रेमी तथा समाजसेवीहरुलाई स्वागत मन्तब्य दिएपछि कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र गायकका बाबा–आमा क्रमशः बिरबहादुर राई र सुमाया राईबाट संयुक्त रुपमा दीप प्रज्वलन गरेर औपचारिक रुपमा कार्यक्रमको उदघाटन गरिएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा साहित्यकार नबराज राईले गीतकार बिसी राईको जीवनी प्रस्तुत गरेपछि कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र गायकका बाबा–आमाको बाहुलीबाट संयुक्त रुपमा बिसी राईको पाचौ गीती एल्वम “अर्को पाईला”लाई लोकार्पण गरिएको थियो।

गायक, गीतकार, एरेन्जर तथा रेकडिस्ट बिसी राईले बिक्रम सम्वत २०५३ सालमा पहिलो एल्वम “तिमीलाई” बजारमा ल्याएपछि २०५६ सालमा “ती पलहरु” सन २००६ मा “बिहाइण्ड द क्राउड” सन २००८ मा “शिली” र यस “अर्को पाईला” गरि ५ वटा गीती एल्वमहरु निकालि सकेका छन्। पाचौ एल्वम “अर्को पाईला” मा उनले जम्मा १० वटा गीतहरु क्रमशः “मलाई घायल बनायौ, परदेशी, भोजपुर बजार, गोधुली साँझमा, हरखुशी तिम्रै लागि, निष्ठुरीको माँयाले, तिम्रो साथ बिना, तिमीले मलाई, तुहि जुनुन्, बाघिनी भएर” गीतहरु समावेश गरेका छन्।

कार्यक्रमको तेस्रो सत्रमा उक्त एल्वम मध्येको एक गीत “तिम्रो साथ विना” नेपाल स्टार बिष्णु चेम्जोङ् र सर्जककै स्वर रहेको र स्वप्निल लिम्बुको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरि साहित्यकार नरेशमणि राईले एल्वमको समिक्षा गर्दै यस एल्वमका राम्रा र नराम्रा पाटाहरुलाई औल्याउदै संगीतको शुरुवात प्राकृतिक हावा, झरना चरा–चुरुङ्गिहरुको आवाज हुदै आदिवासीहरुले शुसेलेका आवाजहरुबाटै भएको र यस एल्वममा पनि चरा, झरनाहरुका आवाजहरु हालेर साच्चिनै भावुक बनाउने खालका संगित भएको ब्यक्त गरे।

एल्वमको समिक्षा सकेपछि किरात राई यायोख्खा अध्यक्ष पदम राई, एनआरएन यूकेका हिराधन राई, किरात याक्थुङ चुम्लङ अध्यक्ष काजीमान यक्सोलगायतले शुभकामना दिएका थिए।

कार्यक्रमको अर्को चरणमा सर्जक बिसी राईले आफ्नै दाजु डिल्लिकेसर राईले एउटा मादल र गीटार किनि दिएर त्यहि मादल र गीटारबाट संगीतको यात्रा शुरु भएको भन्दै दाजुलाई धन्यवाद पनि दिए।

कार्यक्रमको अन्त्यमा नेपाल स्टार बिष्णु चेम्जोङले बेलायत आएर गीत गाउने मौका पाएकोमा ज्यादै गौरन्वित भएको, अवसर मिलेमा बिसी राईसँग अझै पनि गीतहरु गाउने र यस एल्वमको एक गीत “परदेशी” बोलको गीतले उन्लाई रुवाएको खुलस्त पारिन्। एल्वमका गीतहरु सर्जकसँगै गाएर भरपुर मनोरञ्जन दिलाएपछि कार्यक्रमका अध्यक्ष सुमायाँ राइले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल बनाईदिनु भएकोमा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै औपचारिक रुपमा कार्यक्रमसमापन भएको घोषणा गर्नु भएको थियो।

दिउसोको ३:३० देखि शुरु भएर साँझको ९ बजेसम्म चलेको उक्त कार्यक्रमलाई कवि नबराज राईले सञ्चालन गरेका थिए।





















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : चुनावी कविता वाचन गर्दा गर्दै मृत्यु
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.