मिस काठमाडौं नेपाल २०१७ को घोषणा

सुर्य चन्द

काठमाडौं, कसमस ईन्टरटेन्मेन्ट हाउसले पहिलो पटक ‘मिस काठमाडौं नेपाल–२०१७ आयोजना गर्ने भएको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका निर्देशक डेविड जंग बस्नेतले सौन्दर्य प्रतियोगिताको गुणस्तरलाई कायम राख्दै यो प्रतियोगिता आयोजना गर्न लागेको बताए।

‘मिस काठमाडौं नेपाल–२०१७’ मा १७ वर्षदेखि २५ वर्ष उमेर समुहका बढिमा २५ जना अविवाहित युवतीहरुले सहभागिता जनाउन सक्ने छन् । यो प्रतियोगितामा सहभागिता जनाउने प्रतिस्पर्धीले प्लस टु उत्तिर्ण गरेको हुनु पर्नेछ । ५ फिट तथा यो भन्दा बढि उचाइ भएका तथा मोडलिङ क्षेत्रमा करियर बनाउन चाहाने युवतीहरुले यो प्रतियोगिताका लागि आवेदन दिन सक्नेछन्।

प्रतियोगिताका लागि साउनको दोस्रो तथा तेस्रो साता काठमाडौंमा पहिलो तथा दोस्रो चरणको अडिसन कार्यक्रम आयोजना गरिने छ।

अडिसनको क्रममा छनोट भएका प्रतिस्पर्धिहरुलाई भदौ १ गतेदेखि ३५ दिन लामो प्रशिक्षणमा सहभागि गराइने छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई व्यक्तित्व विकास, भाषा, पहिरन, फोटोसेसनसहितका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइनेछ। प्रशिक्षणकै क्रममा प्रतिस्पर्धीहरुलाई स्थलगत भ्रमण तथा आउटडोर फोटोसेसनमा सहभागि गराइने छ भने ट्यालेन्ट शो पनि त्यही क्रममा आयोजना गरिनेछ।

प्रतियोगिताको ग्राण्ड फिनाले दसैंको घटस्थापनाको दिन असोज ५ गते बिहिबार सम्पन्न हुनेछ।





Comments

comments

Leave a Reply

18859