प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट (भिडियोसहित)

प्रेम सम्बन्धकै कारण रूपन्देहीको मर्चवारका २ युवायुवती निर्घात कुटिएका छन्।

सम्मरीमाई गाउँपालिका ६ डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका खबर कान्तिपुर दैनिकमा छापिएको छ। मीना १८ र दिनेश २१ वर्षका हुन्।

विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको भन्दै मीनाको परिवारले घेरा हालेर उनीहरुलाई लठ्ठी र लात्तीले हिर्काएका थिए।

घटनामा छिमेकी र स्थानीय प्रतिनिधि मिलेर युवकको परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन्। प्रेम सम्बन्धको कारण युवती बदनाम भएको र विवाह गर्नुपर्ने भएकाले दिनेश लोधका बुबालाई कारवाही स्वरुप एक लाख रुपैयाँ जरिवाना लिएको स्थानीयले बताए। घटनापछि दुवैजना आआफ्नो घरमा छन्।

प्रहरीले समेत घटना गुपचुप राखेर मिलाएका बेला स्थानीय एक युवकले बिहीबार भिडियो सार्वजनिक गरेपछि बल्ल बाहिर आएको हो। स्थानीय रमेश कोहारका अनुसार मीना र दिनेश दुवै विवाहित हुन्। बाल विवाह भएकी मीना गौना नगरेका कारण माइतैमा बसेकी थिइन्। उनीहरु पछिल्लो समय नजिकिएका थिए।

हेर्नुहोस् भिडियो-

 

हैन कति निर्दयी हो? प्रेम गरेको अभियोगमा आफ्नै छोरी बहिनीलाई यतिसम्म निर्घात कुटपिट गर्न सक्दा रहेछन्। यो रुपन्देहीको मर्चवारी गाउँपालिका-६, डिहुलीमा भएको घटना हो।

Posted by Nepal Breaking News on Thursday, 20 July 2017





Comments

comments

Leave a Reply

18890