बेलायतमा गैरआवासीय नेपाली संघका लागि युवाहरुको उम्मेदवारी घोषणा

रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम-
लण्डन , गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आगामी ९ सेप्टेम्बरमा हुन गईरहेको ७ औ महाधिवेशनका लागि लण्डनस्थित टुकेनहाम कम्युनीटि सभाहलमा पत्रकार संम्मेलन गर्दै युवाहरुले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

कार्यक्रममा यूवाहरूले उमेरदवार दिनुको कारण स्पष्ट पार्दै भने-‘एनआरएन वेलायतप्रति बेलायतमा रहेका नेपालीहरू धेरै असन्तुष्टी रहेका, सधै स्वार्थ प्राप्तीका लागि मात्र मनोपोली रूपमा काम गर्ने र गैरआवासीय नेपाली सँघको मुल मर्म र भावना बिपरित कामहरू हुने गरेका भन्दै ब्यापक रूपमा जनगुनासोहरू भइरहेका एनआरएन वेलायतप्रति विश्वास घटिरहेका,पुरानै परम्परागत सैलीको कामहरू निरन्तता दिने सम्भावना रहेको जनगुनासोहरूलाई मध्यनजर र कदर गर्दै यस संस्थालाई सुधार गर्ने भावनाका साथ यूवाहरूले उम्मेदवारी घोषना गरेको बताए।

उपाध्यक्ष पदका लागि प्रेम गाहा मगरले उम्मेदवारी घोषणा गरेका छन् भने यूवा संयोजकमा कुमार थापा र सन्तोष गरूङ, सहकोषाध्यक्षमा गजेन्द्र पुन, सहसचिवका लागि सुवास गुरूङ र पुजन थापाले उम्मेदवारी घोषणा गरेका छन्।

सदस्यका लागि शरला थापा, ऐलीना गुरूङ, केशव गुरूङ,जोगेन लिम्बु,पुर्ण चन्द्र गुरूङ,देवेन थापा,राजेन्द्र गुरूङ, रविन गुरूङ,एण्डी राई, जगत गुरूङ,गजेन्द्र गुरूङ र हेम गुरूङले उम्मेदवारी घोषना गरेका छन्।

कार्यक्रममा नेप्लीज यूथ यूकेका प्रमुख रिचर्ड गुरूङले भने- ‘युवाहरूलाई अवमूल्याङकन गर्न नहुने, युवाहरू भनेका राष्ट्रका ठूलो एक आयोश्रोत र शक्ति हुन्। बिदेशमा रहेका युवाहरूका कला कौसल र सिप समाज र देश बिकाशका लागि अति आवाश्यक रहेको कारण हरेक क्षेत्रमा सहि तरिकाले युवाहरूको भूमिकामा बिकाश गर्नु अहिलेको आवाश्यकता हो।’

एनआरएन वेलायतका लागि युवा उम्मेदवारीहरू सक्षम रहेको र समाजको मुल मर्म र भावना अनुसार काम गर्ने बताउदै सम्पूर्ण वेलायतमा रहेका नेपालीहरूलाई एनआरएनको सदस्यता लिई युवाहरूलाई मत दिई विजय गराउन अनुरोध गरेका थिए।





Comments

comments

Leave a Reply

18915