एनआरएनए हङकङको अध्यक्षमा राधिका (टीका) गुरुङ निर्विरोध निर्वाचित

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ जुलाई । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा राधिका (टीका) गुरुङ निर्विरोध निर्वाचित भएकी छन्। अध्यक्ष पदका अर्का प्रत्याशी कोमल थापा (गुरुङ) ले उम्मेदवारी फिर्ता लिएपछि टीका गुरुङ निर्विरोध निर्वाचित भएकी हुन्।

अन्य निर्विरोध निर्वाचित भएकाहरुमा उपाध्यक्षद्वयमा कर्म गुरुङ र निरञ्जन गुरुङ र युवा संयोजकमा प्रेम लामा रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित हुनेहरुमा सचिवमा टीका राना, कोषाध्यक्षमा गोकर्णप्रसाद ढकाल, सदस्यहरुमा किशोरकुमार गुरुङ, सुरेन्द्रमान घले, विजयकुमार गुरुङ, बसन्तकुमार श्रीनेत, भेषमणी श्रेष्ठ, विजय श्रेष्ठ, इन्द्र वनेम, सीमा थापा र धरमकुमार गुरुङ रहेका छन्।

छैठौ अधिवेशनमा महासचिव र महिला संयोजक दुई पदमा मात्र निर्वाचन भएको छ। निर्वाचनबाट महासचिवमा किसन राई र महिला संयोजकमा अनु राई बिजयी भएका छन्।

हाम्रा सहकर्मी डम्बरकृष्ण श्रेष्ठका अनुसार महासचिवमा किसन राईले २५७ मत र बिनय शाहले १२१ मत प्राप्त गरे। महिला संयोजकमा विजयी भएकी अनु राईले २७६ मत र ईन्द्रा गुरूङले ९७ मत प्राप्त गरे।

एनआरएनए हङकङ महासचिव र महिला संयोजकको लागि भएको निर्वाचनको मत गणना हुंदै। भिडियोः डम्बरकृष्ण श्रेष्ठ / एचकेनेपाल डट कम

महासचिव र महिला संयोजकको लागि भएको निर्वाचनबाट महासचिवमा किसन राई र महिला संयोजक अनु राई बिजयी भएका छन्। हाम्रा सहकर्मी डम्बरकृष्ण श्रेष्ठका अनुसार महासचिवमा किसन राईले २५७ मत र बिनय शाहले १२१ मत प्राप्त गरे। महिला संयोजकमा विजयी भएकी अनु राईले २७६ मत र ईन्द्रा गुरूङले ९७ मत प्राप्त गरे। भिडियोः डम्बर / एचकेनेपाल डट कम , पूरा समाचार: https://hknepal.com/deshbidesh/archives/18936

Posted by HKNepal.com on Sunday, 23 July 2017

.
.

एनआरएनए हङकङको छैंठो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु। भिडियोः डम्बरकृष्ण श्रेष्ठ र देवराज राई / एचकेनेपाल डट कम।

एनआरएनए हङकङको छैंठो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु। भिडियोः डम्बर कृष्णश्रेष्ठ र देवराज राई / एचकेनेपाल डट कम।

पूरा समाचार: https://hknepal.com/deshbidesh/archives/18936

Posted by HKNepal.com on Sunday, 23 July 2017

फोटोः फेसबुकबाट





Comments

comments

Leave a Reply

18936