बेलायतको एफ्सी केन्ट भेटरेनले नेपाल गएर म्याच खेल्ने

सुरेन्द्र इङ्नाम –
केन्ट बेलायत, २३ जुलाई। बेलायतको गोर्खाभिल्ला रेष्टुरा आशफोर्डमा बसेको क्लवको अर्धवार्षिक भेलाले “नेपाल च्यारीटी म्याच” नेपालमा खेल्ने निर्णय गरेको छ।

बेलायतमा नेपाली समुदायबीच फुटबल खेल केही वर्षयता उत्साहपूर्वक बढिरहेको छ। “फुटबल क्लब केन्ट भेटेरेन” को स्थापना २०१४ मा भए यता यस क्लबले ३ वर्षभित्रै धेरै टुर्नामेन्टहरु जितेर छोटो समयमै ख्यातिप्राप्त गरिसकेको छ। हालै बेलायतमा सम्पन्न नेपाली समुदायवीचको सबैभन्दा ठूलो खेल गोरखा कप लगातार ३ पटक जितेर कप पचाएको छ। यस क्लबले केही च्यारीटी म्याचहरु खेल्ने र त्यस बापत आएको रकमले कुनै च्यारीटी सँस्थारुलाई सहयोग गर्ने प्रतिवद्धताका साथ यस क्लवको स्थापना भएको हो।

विगत ६ महिनादेखि नेपाल गएर च्यारिटी म्याच खेल्ने योजना बनाउदै आएको यस क्लबले अन्त्यमा नेपाल गएर २ म्याचहरु सन २०१८ को २२ फरवरी देखि ९ मार्चभित्र खेल्ने निर्णय गरेको छ।

पहिलो मैत्रीपूर्ण खेल काठमाडौमा राजुकाजी शाक्यको सहयोगमा र दोस्रो मैत्रीपूर्ण खेल पोखराको साहारा क्लबका बिक्रम थकालीको संयोजनमा खेल्ने निर्णय गरेको हो। कुन दिन कोसँग र कसरी खेल्ने र कुन कुन च्यारीटी सँस्थारुलाई सहयोग गर्ने भन्नेबारे अर्को मिटिङको निर्णयले पारित गर्ने भएको छ।

यसै निर्णयसँगै च्यारपटीको लागि स्पोन्सर, डोनेसन सङ्कलनको लागि टिम म्यानेजर बुद्धि सुनुवार, सहायक म्यानेजर भास्कर राई, टिम क्याप्टेन पदम योङहाङ र खेलाडी श्याम लामालाई क्लबले जिम्मा दिएको छ। नामावली तथा टिम छनौटको जिम्मा भने ट्रेनिङ्कोच लोक चेम्जोङलाई दिईएको छ।





Comments

comments

Leave a Reply

18939