बेलायतमा एभरेष्ट आईडलको पहिलो अडिसन सम्पन्न

सुरेन्द्र इङ्नाम
केन्ट, बेलायत । बेलायतको केन्ट आशफोर्डमा “एभरेष्ट ईन्टरटैनमेन्ट एण्ड मेडिया हब लिमिटेड यूके” (ई–मेडिया हब) द्धारा आयोजित पहिलो “एभरेष्ट आईडल यूके” को पहिलो अडिसन राउण्ड सम्पन्न भएको छ।

गएको केहि महिनाअघि मात्रै ई–मेडिया हबले आयोजना गरेको भब्य सफल साङ्गीतिक कार्यक्रम “एभरेष्ट म्युजिकल ब्लाष्ट” पछि एभरेष्ट आईडल २०१७ लाई बेलायतको आशफोर्ड केन्टबाट अडिसन राउण्ड सुरु गरिएको हो।

कार्यक्रमका लागि हेड अफ प्रोजेक्ट किसन राई रहेका छन्। उनी यस कम्पनीको चिफ ईन्टरट्रेटमेन्ट डाईरेक्टर पनि हुन्। अत्याधिक सहभागीहरुको सहभागिता रहेको पहिलो अडिसन राउण्डमा उत्साहित सहभागीहरुले उत्कृष्ट प्रस्तुति दिदै निर्णायक मण्डलहरुको मन जितेर २७ जना दोस्रो राउण्डमा प्रबेश गरेका छन्।

“एभरेष्ट मेडिया हब लिमिटेड यूके”को ऐतिहासिक कार्यक्रमको निर्णायक मण्डलमा क्रमशः सर्मिला बर्देवा, सितु खरेल, बिसी राई र सेलिब्रेटी गेष्टमा रेवत राई रहेका छन्।

निर्धारित समयमै कार्यक्रम सुरु भएतापनि सोचे भन्दा धेरै सहभागीको चापले गर्दा दुई घण्टा समय थप्नु परेको थियो। अडिसनपछि बेलायतको अन्य ठाँउहरुमा अडिसन लिएपछि सेमि फाईनल सेप्टेम्बर ९ तारिखको दिन आशफोर्डमा गरिने र “एभरेष्ट आईडल यूके” को फाईनल आउदो अक्टुबर २८ तारिखको दिन अल्डरसटको ईम्पायर हलमा गरिने आयोजक टिमले जानकारी दिएको छ।

दिउसोको ३ बजे सुरु भएर साँझको १० बजेसम्म चलेको यस कार्यक्रमलाई नबराज राई र मिस यूके नेपाल २०१४ की नेहा देवानले संयुक्त रुपमा सञ्चालन गरेका थिए।





Comments

comments

Leave a Reply

18972