युकेमा गुन्जिए पहिचानवादी गायक राजन राई

भरतमणि चोङवाङ –

युकेको आसफोर्ड टाउनको गोर्खाभिल्लामा पहिचानवादी गायक राजन राईको सम्मानार्थ एकल सांगीतिक साँझ सम्पन्न भएको छ।

जनसांस्कृतिक परिवार, कोरस परिवार वि.स. २०४६ ताकाका जनवादी गायक राई पछिल्लो समय पहिचानका गीतहरु गाउदै आउनुभएको छ।

उहाँको सांगीतिक योगदानको सम्मान स्वरुप विश्व नेपाली साहित्य महासङ्घको आयोजना र किरात राई यायोख्खाको सहयोगमा एकल साँझ सम्पन्न भएको हो।

गायक राईले ..कान थापेर सनि देउ बहिनी, रितीथिती बिग्रेर गईसक्यो, .. शिरैमा मेरो शिरैको टोपी, काँधैमा गल्बन्दी, जोबन यसै ढल्कनै लाग्यो केही गरौ सँगिनी, … तारा खस्यौली, माया रुदै बस्यौली, फूलै र फूल्यो दुई थुंगा लर्केर,… ए कोशि दोभान, ख्यालख्यालैमा गयो जोभान (देउमाई किनार),.. क्षितिजै पारी त्यो गाँउ मेरो डाँडैले छेकेको, प्रवासी जीवन विताउनु मैले दुष्टको खेलै हो,… हाँसखेल गर्दैमा छुट्टिने बेलै भो ख्यालख्यालैमा,… देश मेरो नेपाल, लिम्वुवान घर मेरो त्यसैले भन्छु म, मन खोली भन्छु म आदाङ्बे सेवारो आदि बोलका गीतहरु पस्कनु भएको थियो।

गायक राईलाई नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष तुल छन्त्यालले खदा ओडाएर सम्मान गर्नुभएको थियो भने किरात राई यायोख्खा युकेका उपाध्यक्ष क्याप्टेन सुमन राईले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । त्यसपछि उपस्थित सबैले गायक राईलाई सम्मान गरेका थिए।

सांगीतिक साँझमा सहभागी सबैलाई गीतकार हेमकुमार राईले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो भने साहित्य महासङ्घका अध्यक्ष विश्वास दीप तिगेलाले स्रष्टाको जीबनी तथा योगदानको बारेमा बोल्नु भयो। पहिलो र दोस्रो चरण गरि दुई भागमा कार्यक्रम विभाजन गरिएको थियो।

कार्यक्रमको अन्तमा उपाध्यक्ष राईले आभारसहित सबैबाट प्राप्त शुभ कामना गायक राईलाई प्रदान गर्नुभयो।





Comments

comments

Leave a Reply

18974