बेलायतमा अगष्ट ६ मा विश्व आदिवासी दिवस मनाउने

भरतमणि चोङवाङ –

आउदो अगष्ट ६ तारिखकादिन नेपाल आदिवासी जनजाति महासङ्घ युकेले विश्व आदिवासी दिवस २०१७ भब्यतापूर्वक सम्पन्न गर्ने भएको छ।

कार्यक्रममा नेपालबाट डा. ओम गुरुङ, पूर्व वाणिज्य मन्त्री विजयप्रकाश थेवे, युकेका लागि नेपाली राजदूत, पहिचानवादी गायक राजन राईलगायतको उपस्थिति रहने अध्यक्ष तुल छन्त्यालले बताउनु भएको छ।

कार्यक्रममा आदिवासी जनजाति आन्दोलनको समिक्षा र चर्चा गरिने साथै विभिन्न जातिको झाँकीहरु प्रस्तुत गरिने जनाईएको छ।

युके मगर संघ, तमु धिं युके, किरात याक्थुङ्ग चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा, छन्त्याल संघ युके, दुरा सेवा समाज, युके शेर्पा संघ, हयाल्मो समाज युके, तामाङ सोसाईटी अफ युके, किरात सुनुवार समाज युके, थकाली सेवा समाज युके आबद्ध जनजाति महासङ्घको कार्यक्रम द प्यालेश हल अल्डरसुटमा, दिउसो १२ बजे देखि बेलुकी ८ बजे सम्म संचालन हुनेछ।

सन् १९९४ देखि विश्व आदिवासी दिवस प्रत्येक बर्षको अगष्ट ९ का दिन संयुक्त राष्ट्र संघ मातहत विश्वभर मनाउने गरिन्छ।





Comments

comments

Leave a Reply

18976