जसले ढलबाट उद्धार गरिन्

काठमाडौं – स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किदै थिईन् । पानी परिरहेको थियो । सधै ओहोरदोहोर गर्ने बाटो टोलभरिको ढलले हिँड्न सक्ने थिएन।

पानीले भिजेको महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँबस्तीस्थित कोठामा जाने सुरमा थिईन। उनी संगै कक्षाका साथीहरु पनि थिए।

अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विचेयरमा ढलको पानीमा डुबेको देखिन्।

उनी हातमा बोकेको पुस्तक साथीलाई दिएर हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन् । ढलको पानी छिचोल्न वैकल्पिक बाटो खोज्दै अघि बढेकी उनी जुत्तासमेत नखोली जमेको पानीमा छिरिन् ।, कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

18987