भदौ ८ गते प्रधानमन्त्रीको भारत भ्रमण

नयाँ दिल्ली – प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण आउने भएका छन्। भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ।

भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ। प्रधानमन्त्री देउवा भ्रमणको लागि कुन दिन आउने त्यस बारे निधो भएको छैन्, श्रोतले जानकारी दिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ।

भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयबीच मंगलबार भएको छलफलपछि यो मिति तय भएको हो। श्रोतका अनुसार भारतीय पक्षले नै अनुकुलता अनुरुप ८ गतेको मिति बारे प्रस्ताव गरेको थियो। प्रधानमन्त्रीको रुपमा देउवाले यो तेश्रो भारत भ्रमण हुनेछ।

प्रधानमन्त्रीको आसन्न भ्रमणमा विगत केही समयदेखि गृहकार्य भइरहेको सानातिना चार पाच वटा विषयगत संझौता हुने सम्भावना रहेको दूताबास श्रोतले जनाएको छ। पूननिर्माण तथा पारवहनको विषयमा केहि संझौता हुने संभावना रहेको यो भ्रमणमा माइलस्टोन हुने खालको संझौता भने हुँदैन्, श्रोतले भन्यो।

आसन्न भ्रमण दुइ मुलुकबीच विगतमा भएका सहमति र संझौता कार्यान्वयन समीक्षा तथा द्धिपक्षिय संयन्त्रहरुलाई सक्रिय बनाउने विषयमा केन्द्रित हुनेछ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19013