काठमाडौंकै स्कुलबाट बालक बेपत्ता

काठमाडौंको एक स्कुलबाट बिहीबार एक बालक हराएका छन्। सोह्रखुट्टेस्थित सरस्वती बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षीय विशाल चौधरी स्कुलबाटै बेपत्ता भएका हुन्।

हराएका बालकका आफन्तले आफ्नो बच्चा अपहरणमा परेका हुन सक्ने आशंका गरेका छन् । स्कुल छुट्टीभएपछि अभिभावक कुरिरहँदा विशाल एक्कासी त्यहाँबाट बेपत्ता भएका थिए। प्रहरीका अनुसार स्कुल छुट्टी भएको पाँच मिनेटपछि विशालका बुबा विजय त्यहाँ पुगेका थिए । विजयले आफ्नो बच्चा खोज्दा नभेटेपछि विशाल हराएको थाहा भएको थियो।

‘अभिभावक कुरिरहेका विशाल कतिबेला बाहिर गए भन्ने स्कुलले पत्तै पाएनछ । छुट्टी भएपछि अभिभावकले आआफ्ना बच्चा लिएर गईरहेका थिए। त्यति नै बेला विशाल त्यहाँबाट निस्किएको देखिन्छ ‘, घटनाको अनुसन्धान गरिरहेका प्रहरी भन्छन्।

सरस्वती बोर्डिङ स्कुलका प्रिन्सिपल सुमन मल्लले आफ्नो विधार्थी बेपत्ता भएको स्विकार गरे। ‘हिजोदेखी हाम्रो विधार्थी वेपत्ता भईरहेका छन्। स्कुल छुट्टी भएपछि अभिभावकले लिन आउनु अघि नै बच्चा स्कुलबाट निस्किएको देखिन्छ’, प्रिन्सिपल सुमनले भने । स्कुलभित्र सिसीटिभी जडान गरिएकाले प्रहरीले फुटेजको अध्ययन गरेर अनुसन्धान गरिरहेको छ।

सुमन भन्छन् , ‘विशालको हाउभाउ र हिँडाई हेर्दा उनी चिनेकै मान्छे देखेर बाहिर निस्किएको देखिन्छ।’ अपहृत बालकका बुबा विजय असनमा भाँडाकुँडा सम्बन्धी ब्यापार गर्दै आएका छन्। कपिलबस्तु घर भएका विजयले बालक अपहरण भएलगत्तै सोह्रखुट्टे प्रहरीमा उजुरी गरेपनि बालकको बारेमा प्रहरीले केही पत्ता लगाउन सकेको छैन। अन्नपूर्णमा खबर छ।





Comments

comments

Leave a Reply

19024