धेरै वर्षपछि ब्रो सिसको आगमन, चञ्चले आँखैको भाखा लिएर आए दीपु…

न्युज डेस्क / एचकेनेपाल डट कम –
धेरै वर्षको अन्तरालपछि ब्रो सिस ब्याण्डका गायक दीपु गुरुङले श्रोतामाझ नयाँ कर्णप्रिय गीत लिएर आएका छन्।

लण्डनमा बसोबास गर्दै आएका दीपुले चञ्चले आँखैको भाखाको म्युजिक भिडियो ल्याएर आफ्ना फ्यानहरुलाई सरप्राईज गिफ्ट दिएका हुन्।

दीपुले ब्रो सीस भोलुम – ४ बाट उक्त गीतलाई म्युजिक भिडियोमा उतारेका हुन्।

दीपुको स्वर, संगीत र रचना रहेको यस म्युजिक भिडियोमा ब्याण्डलाई लेमीले अभिनयमा साथ दिएकी छन्।

दर्जनौं लोकप्रिय गीतहरु पस्किसकेका दीपु लण्डनको विभिन्न संस्कृतिक कार्यक्रमहरुमा बेलाबखत आफ्नो ब्याण्डको गीतहरु गाएर उपस्थिति जनाईरहन्छन्।

सुन्दर नगरी पोखराबाट साँगीतिक यात्रा थालेका दीपुलाई विदेशमा पनि नेपाली गीतसंगीतको मोहले बाँधेर राखेको छ।

बस सुन्दरी ठन्डी महिना जाडो छ…को गीतले ब्रो सिसलाई एकाएक चर्चित बनाएको थियो। ब्रो सिसका ‘बस सुन्दरी ठन्डी महिना जाडो छ…’, ‘पागल प्रेमी मलाई बनायौ…’, ‘झर झर झर्ने झरनाको पानी…’ ‘चाइना कम्पनी…’ जस्ता गीतहरु लोकप्रिय छन्।

विगत १९९८ सालदेखि गीत संगीतमा सक्रिय ब्रो सिसमा ५ जनाको टिम रहेको छ।

बस सुन्दरी ठन्डी महिना जाडो छ जसरी नै यो गीतलाई दर्शक श्रोताले मन पराउँनेमा आशावादी छन् दीपु।

यस्तो छः म्युजिक भिडियो हेर्नुहोस्





Comments

comments

Leave a Reply

19063