पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन् । एक वर्षमा ५ हजार एक सय २४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।
हरेक दिन १४ नेपालीले आत्महत्या गर्छन् । आर्थिक वर्ष ०७२-७३ मा चार हजार ६ सय ७३ र ०७१-७२ मा चार हजार ३ सय ३२ जनाले आत्महत्या गरेका थिए।
गत वर्ष ३७६९ ले झुन्डिएर आत्महत्या गरेका छन्। प्रहरीका अनुसार १२१५ ले विष खाएर, ७१ ले अग्लो स्थानबाट हामफालेर, ३४ ले खोलामा हामफालेर, २४ ले आगो लगाएर तथा चारजनाले करेन्ट लगाएर आत्महत्या गरेको खबर नयाँ पत्रिकाले छापेको छ।
नेपाल विश्वमै धेरै आत्महत्या गर्ने देशको सूचीमा छ । गरिबी, डिप्रेसनको समयमा उपचार नहुनु र पारिवारिक कलहका कारण धेरै आत्महत्याका घटना हुने गरेका छन् । त्यस्तै, प्रेम तथा पढाइमा असफलता तथा गम्भीर रोगका कारण पनि केहीले आत्महत्या गरेको प्रहरीले जनाएको छ।