कतारमा एक नेपालीको मृत्यु

दीलिप पराजुली / एचकेनेपाल डट कम –

दोहा, करिब चार महिना अघि कतार आइपुगेका तेह्रथुम आठराई चुवान डाडा स्थायी बसोबास भई हाल झापा अर्जुनधारा निवासी ग्याल्चोक लाम्खोरको गत जुलाई २५ तारिख कोठामा बसेको अबस्थामा मृत्यु भएको छ।

रातको ड्युटी सकेर कोठा आएका र टेलिफोनमा साथीसंग कुरा गर्दै गर्दा अचानक बेहोस भएपछि उनलाई हस्पिटल पुर्याएको थियो । कतारको सरकारी हस्पिटल हमाद हस्पिटलको वक्रा ब्रान्चमा पुर्याइए पनि उनको पहिले नै निधन भइसकेको हस्पिटलले जनाएको छ।

कम्पनीले मृतककी श्रीमती झुमा तामाङलाई टेलिफोनमार्फत श्रीमानको मृत्यु भएको जानकारी गराएपछि परिवारमा रुवाबासी छाएको छ।

हप्तुर लिन्टन ग्रुप कम्पनीमा कार्यरत लाम्खोर अन्जली ओभरसिज मेनपावर कम्पनीबाट कतार आएका थिए । मृतक लाम्खोरका श्रीमती र एक ६ बर्षीय छोरा छन्।

मृतकका छिमेकी मेघराज मैनालीले आबुधावी दुबईबाट कतारमा रहेका डम्बर कुमार बराललाई सम्पर्क गरी जानकारी गराएपछि घटनाको तथ्य जानकारी भएको थियो । बराल कतार इन्जीनियरिंग कम्पनीमा कार्यरत छन्। उनले घटना थाहा पाए बित्तिकै मृतकका कम्पनिमा गएर मृतकका बारेमा जानकारी लिएका थिए।

कम्पनीले शव पठाउनको लागि भनेर कतारी लियल १५०० उनै बराललाई हस्तान्तरण गरेको छ भने परिवारलाई सहानुभूति दर्शाउदै पाच हजार रियल मृतककी श्रीमतीका नाममा नेपाल पठाएको छ। मृतकको शब अगस्ट एक तारिख बिहान तीन बजे (आजै राति ) कतार एयरवेजको विमानबाट नेपाल पठाउने अन्तिम तयारि भइ सकेको बराल बताउछन् भने मृतकको शब लिएर बराल आफै नेपाल जाने उनले जानकारी दिए।





Comments

comments

Leave a Reply

19090