कलाकार बिना थापाको माग बढेकै बढै, फेरि दुबई आउने…

लालबहादुर ढेंगा

दुबई, युएई। विभिन्न चलचित्रहरुमा अभिनयका साथै म्युजिक भिडियोहरुमा मोडलिङ गर्दै थिएटर क्षेत्रमा निकै भिजेकी बिना थापा दुबईमा हुने सांस्कृतिक कार्यक्रमहरुमा चर्चा कमाउंदै छिन्।

युएईस्थित क्रियाशील संघ संस्थाहरुद्धारा आयोजना गरिने कार्यक्रमहरुमा पटक–पटक आउन थालेपछि लोकप्रियता बड्दै गएको हो।

युएईस्थित दर्शकहरुको मांझमा चिरपरिचित तथा ख्याति कमाउन सफल बिना थापा यसभन्दा पहिला कलाकार समूह युएईले गत साल गरेको तीजको कार्यक्रममा आएकी थिइन् भने ३ महिना पहिले मात्र पाल्पाली समाज युएईले गरेको नयां बर्षको कार्यक्रममा आएकी हुन्। रुपन्देही सेवा समाज युएईद्धारा यहि १८ अगस्त २०१७ का दिन गरिने तीज बिशेष सांझ २०७४ सांस्कृतिक कार्यक्रमका लागि फेरि पनि आउने भएकी छिन्। अति नै मेहनती तथा हेर्दामा आकर्षक चेहरा मिलनसार स्वभावकी भएका कारण छिट्टै युएईका दर्शकहरुको मन मुटुमा बस्न सफल भएकी छिन्।

प्राय हुने कार्यक्रमहरुमा बिना थापाको माग बड्दै गएको पाईन्छ । तौलेर बोल्न रुचाउने भएकाले होला खानमा पनि मिठो तर थोरै खाने बानी देखिन्छ । धेरै स्टेजहरु तताई सकेता पनि अझै तताउने बांकी नै भएको बताउंछिन् । दुबईका घुम्ने पर्यटक स्थलहरु होस् या सापिङ मलहरु बिनादेखि अछुत रहेन।

आजकल थिएटरतिर निकै व्यस्तता रहेता पनि रुपन्देही सेवा समाज युएईद्धारा यहि १८ अगस्त २०१७ का दिन गरिने तीज बिशेष सांझ २०७४ का लागि तमतयारी अवस्थामा रहेको बताएकी छिन्। उनले अभिनय गरेको २ वटा चलचित्र छिट्टै बजारमा आउंदै छन् । उनी दुबईमा आउने खबरले युएईका दर्शकहरुमा उत्साह बढेको पाईन्छ । आशा गरौ यसपालिको दुबई भ्रमण पनि सुखमय रहोस्, शुभकामना छ बिना थापालाई।





Comments

comments

Leave a Reply

19094