एभरेष्ट आईडल युकेको पहिलो अडिसन राउण्डको भिडियो युट्युबमार्फत सार्बजनिक

भुमिराज राई / एचकेनेपाल डट कम –

ई-मिडिया हब युके लिमिटेडको प्रस्तुतिमा पहिलो पटक युकेमा आयोजना हुँदै गरेको एभरेष्ट आईडल युकेको अडिसनको भिडियो ईएमएच टिभी युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ।

युकेमा रहेका गायन प्रतिभाहरुलाई अवसर दिंदै प्लाटफर्म उपलब्ध गराउने हेतुले नेपाली गीत सँगीतको उत्थानमा टेवा पुर्याउने अभिप्रायका साथ ई-मिडिया हब युकेले पहिलो पटक युकेमा गायन प्रतियोगिता एभरेष्ट आइडल युकेको पहिलो अडिसन आश्फोर्ड टाउनमा आयोजना गरेको थियो।

प्राबिधिक कठिनाईका कारण केहि ढिलो गरी अडिसन राउण्डको भिडियो सेरिज भाग भाग बनाएर युट्युब मार्फत सार्बजनिक गर्दै लाने योजना अनुरुप एभरेष्ट आईडल युकेको पहिलो अडिसन राउण्डको भिडियो सार्बजनिक गरिएको कुरा हेड अफ एभरेष्ट आईडल किसन राईले जानकारी दिए।

युकेका अन्य शहरहरुमा क्रमैसँग अडिसन सम्पन्न गरेपछि सेमी फाइनलमा पियानो राउण्ड र म्युजिक ट्र्याकमा गाउने अवसर प्रदान गरेर फाइनल राउण्डका प्रतिष्पर्धीहरुलाई एभरेष्ट आईडलको टाईटलको लागी प्रतिष्पर्धामा उतारिने छ।

अक्टुबर २८ मा अल्डर्सटको एम्पाएर हलमा आयोजना हुने एभरेष्ट आईडलको फिनालेमा प्रबेश टिकट भोटिङका लागि पनि प्रयोग हुने किसिमले तयार पारिने र एक टिकटलाई एक भोटको मान्यता दिने तयारिमा आफ्नो टिम रहेको कुरा जानकारी गराउंदै एभरेष्ट आईडल हेड किसन राईले आफूलाई मन पर्ने र उत्कृष्ठ प्रतियोगी जिताउन २८ अक्टुबरका दिन अल्डर्सट एम्पाएर हलमा उपस्थित हुन अग्रिम अनुरोध गरेका छन।

सबै सहभागीहरुलाई सफलताको शुभकामना।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19100