बेलायतबाट क्यान्सर पीडित दिला कन्दङ्वालाई २ लाख सहयोग

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत । तेह्रथुम समाज यूकेको संयोजनमा सङ्कलन गरिएको करीब २ लाख रुपैया क्यान्सर पीडितलाई दिला इङ्नाम कन्दङ्वालाई हस्तान्तरण गरिएको छ।

गत २८ जुलाई २०१७ को दिन याक्थुङ् चुम्लुङ् हिम धरानमा तेह्रथुम समाज यूकेका प्रतिनिधि मोहन हुक्पा चोङ्बाङ्ले पीडित दिला इङ्नाम कन्दङ्वालाई हस्तान्तरण गरेको हो।

तेह्रथुम समाज यूकेका कोषाध्यक्ष र सह–कोषाध्यक्ष क्रमशः जमिन थाम्देन र जय मादेम्बालाई यस कार्यको लागि विषेश जिम्मा दिईएको र समाजका अध्यक्ष सुर्य खापुङ्गले सम्पूर्ण कार्यको भूमिका निर्वाह गर्नु भएको थियो । सोही अनुरुप समस्त बेलायतवासी तेह्रथुमे र अन्य जिल्लावासीहरु गरेर ९० जनाको सहयोगले क्यान्सर पीडित दिलाको लागि १४६० (चौध सय साठी पाउण्ड) रकम सङ्कलन भएको थियो । उक्त रकमलाई याक्थुङ् चुम्लुङ् हिम, धरानमा हस्तान्तरण गर्दा नेपाली १,८४,६५१ (एक लाख चौरासी हजार छ सय एकाउन्न) रुपैया संकलन भएको थियो।

सन २००७ मा स्थापना भए यता यस संस्थाले समाज सेवामा पनि काम गर्दै आई रहेको छ । क्यान्सर पीडित आर्थिक सिङ्गक, मुटुको रोगी सरिता लिक्बु, क्यान्सर पीडित भिम प्रसाद थेगुम्बा, क्यान्सर पीडित मौसम लिम्बु, तेह्रथुम सदर मुकामा रहेको समाधि स्थलको पुननिर्माण, आठराई संक्रान्ति बजारमा भएको आगलागी पछि अग्नि पीडितहरुको लागी १५ लाख नेपाली रुपैया उठाई बेलायत प्रतिनिधि तारा प्रसाद कन्दङ्वा र नेपाल प्रतिनिधि मोहन हुक्पा चोङ्बाङ मार्फत प्रत्यक्ष पीडितहरुको हातमा रकम हस्तान्तरण गरेको थियो र यो पछिल्लो समयमा क्यान्सर पीडित दिला इङ्नाम कन्दङ्वालाई क्यान्सरको उपचार खर्च जुटाएर पुनर्जिवन दिन सहयोग गरेको हो।

दिला इङ्नाम कन्दङ्वाको पारिवारिक आर्थिक अवस्था माईतीतर्फ र घरतर्फ दुबैतर्फ धेरै नाजुक भएकोले उपचार खर्च जुटाउन इङ्नाम ईवाहाङ् वन्धु तथा चेलिबेटी यूकेबाट एक लाख नेपाली रुपैया, मलेशियाबाट सन्तोष इङ्नामको पहलमा ४५ हजार रुपैया, हङकङबाट अबिचन्द्र इङ्नामको संयोजनमा ५० हजार रुपैया पीडितले पाई सकेकी छिन्।

दिला इङ्नामले सम्पूर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद दिदै तपाइहरुको सहयोगले मैले पुनर्जीवन नै पाएको महशुस गरेको छु भन्दै स्वस्थ्य स्थितिमा धेरै सुधार आएको बताईन्।

सहयोगीहरुको नामावली समाजको वेजसाईट www.tehrathumsamajuk.org मा हेर्न सकिन्छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19151