सम्झनामा श्रीकृष्ण श्रेष्ठ

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन ३ वर्ष पूरा भएको छ। आज भन्दा ३ वर्षअघि श्रेष्ठको उपचारको क्रममा भारतको दिल्लीमा निधन भएको थियो।

स्वास्थ्य समस्या देखिएपछि कलाकार श्वेता खड्कासँग विवाह गरेलगत्तै उनी उपचारको लागि दिल्ली गएका थिए। विवाह भएको एक महिना १ दिनमै उनले यो धर्ति छोडेका थिए।

श्रेष्ठले २०४७ सालमा भूँमरी चलचित्रबाट नायकको रुपमा फिल्मी करिअर सुरु गरेका थिए। उनको अभिनय रहेको अन्तिम चलचित्र कोहिनुर हो। यो चलचित्र उनकै निर्माणमा बनेको हो। नायक श्रेष्ठको मन छुने भनाईसहित उनको अन्तिम संस्कार सम्मको सम्पूर्ण जीवन कथा यस्तो छ। हेर्नुस् भिडियोमा।





Comments

comments

Leave a Reply

19206