वसन्तपुर दरबारको पुननिर्माणको चिनीयाँ प्रथम उपप्रधानमन्त्रीले शुभारम्भ गर्ने

नेपालको गौरवका रुपमा रहेको वसन्तपुर दरबारको पुननर्मिाणको शुरुआत साउन ३१ गतेबाट हुने भएको छ।

चीन सरकारको नौ करोड ५० लाख युयान अर्थात करिब एक अर्ब ५२ लाख रुपैयाँमा वसन्तपुरमा रहेको नौतले दरबार पुननिर्माण हुने भएको हो।

चीन सरकारले महत्वका साथ हेरेको वसन्तपुर दरबारको पुननिर्माणको सुरुवात चीनका प्रथम उपप्रधानमन्त्री वाङ याङले शुभारम्भ गर्ने बताइएको छ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको नौतले दरबार र त्यससँगै रहेको कीर्तिपुर, भक्तपुर र काठमाडौंटावर पुननिर्माण गर्ने सम्झौता भएको करिब एक बर्षपछि सो दरबार पुनननिर्माण हुन लागेको खबर नेपाल समाचारपत्रले छापेको छ।





Comments

comments

Leave a Reply

19239