मेजर (रिटायर्ड) डा. आलेद्वारा एनआरएनए बेलायतको उपाध्यक्षमा उम्मेदवारी घोषणा

एचकेनेपाल डट कम –
बेलायत। मेजर (रिटायर्ड) डा. प्रेम बहादुर आलेले 


गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन्।

डा. आलेको प्रेस विज्ञप्तिको पूर्ण पाठ यस्तो छः


मेजर (रिटायर्ड) डा. प्रेम बहादुर आले 


गैरआवासीय नेपाली संघ ( NRNA ), बेलायतको उपाध्यक्ष पदको प्रत्याशी

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
नमस्कार!

गैरआवासीय नेपाली संघ ( NRNA ) बेलायतको आगामी ९ सेप्टेम्बर २०१७ मा हुने चुनावमा उपाध्यक्ष पदको लागि मेरो उम्मेदवारी घोषणा गर्दै यहाँहरु सम्पूर्ण सम्पूर्ण मान्यजनहरुमा आफ्नो अभिन्न मत दिई अत्यधिक मतले बिजयी गराउन बिनम्र अनुरोध गर्दछु।




मेरो संक्षिप्त परिचयः
स्याङ्जा जिल्लामा जन्म भई सन् १९८४ स-परिवार नवलपरासी हुदै चितवनमा बसाई सराई भएको, हाल डोर्सेट बेलायतमा सपरिवार बसोबास गर्दै आएको छु ।
 पृथ्वी नारायण क्याम्पस पोखरामा अध्ययनको क्रममा रहंदा, सन् १९८६ ब्रिटिश आर्मीमा भर्ना भएर झन्डै ३१ बर्षपछि गत सेप्टेम्बरमा मेजर पदबाट अवकाश लिएको छु।

सेवा अवधिमा विभिन्न पदमा रही गोर्खाली अनि ब्रिटिश फौजको नेतृत्व गर्ने सु-अवसर समेत प्राप्त भयो। 

सेवा अवधिकै क्रममा यु.के.को विभिन्न युनिभर्सिटीबाट उच्च शिक्षा ग्रहण गर्ने मौका प्राप्त भई हालै मात्र अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा बिषयमा विद्यावारिधि Ph. D. को पढाई सम्पन्न गरि दिक्षित हुने अवसर प्राप्त गरेको छु।

समाज सेवा पनि मेरो बिशेष रुचिको विषय हो । व्यक्तिगत तथा संघ-संस्थागत रुपमा मातृभूमि नेपालमा मूलत शिक्षा र आपतकालीन राहत दिलाउने काममा लामो समयबाट लागेको छु । साथै Children4Children Nepal (पहिले Freedom Matters) संस्थाको नेपाली ट्रष्टीको रुपमा सेवा गर्न पाउदा आफूलाई गौरवान्वित ठान्दछु। उक्त INGO संस्थाले काठमाडौँमा ट्रमा केन्द्र र पोखराको फुस्रेखोलामा गरिब बिद्यार्थीहरुको लागि ब्यबसायिक शिक्षामा आधारित निशुल्क स्कुल संचालन गर्दै सयौ बिधार्थीको भविष्यको सहयात्री बन्न सफल भएको छ।

साथै, बिगतको भयानक भूइंचालो पीडितहरुको लागि घर अनि स्कुल बनाउने काम ब्यापकताका साथ जारी छ। 

यसर्थ, नेपालीबाट नेपालीका लागि भन्ने मूलमन्त्रका साथ अघि बढेको संस्था ( NRNA ) मार्फत आफ्नो मातृभूमिको सेवा गर्ने मेरो मानोकांक्षा रह्यो।




मेरो प्रतिबद्धताः
ब्रिटिश आर्मीको नेतृत्वदायी भूमिकामा रहेर संगालेको अनुभव, ज्ञान र शिक्षाको सदुपयोग गरि “सानो तर अत्यावश्यक, गर्न सकिने” काम गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।

निम्न कामहरु मेरा प्राथमिकतामा पर्नेछन्
१. बेलायतबासी सम्पूर्ण नेपालीहरुलाई यो संस्थाको निशुल्क या न्युनतम शुल्कमा सदस्य बनाई अगामी चुनावमा सम्पूर्णले आ-आफ्नो क्षेत्रमा मतदान गर्न पाउने व्यवस्था गर्न पहल गर्नेछु।

२. संस्थाको विधानको अक्षरश: पालना गर्दै नेपालीहरुको हक र हितमा काम गर्ने बिशुद्ध सामाजिक संस्था बनाउने कोशिस गर्नेछु। जाति र पार्टीको राजनीतिबाट मुक्त गरि सबै नेपालीले गर्बसाथ “आफ्नो संस्था” भन्ने लायक संस्था बनाउनेछु।

३. कुनै पनि काम गर्दा “नेपालीको लागि नेपाली” र “एक पटकको नेपाली संधैको नेपाली” भन्ने संस्थाको मुलमन्त्र लाई हृदयगमन गर्दै भू.पू. गोर्खाली र समस्त नेपालीहरुको मागहरुलाई सम्बोधन गर्न बिशेष पहल गर्नेछु।

४. बिबिध भेषभूषा, धर्मकर्म र कलासंस्कृतिको माध्यमबाट नेपालीहरुलाई संगठित गर्दै बिदेशमा आर्जित धन, सिप र अनुभवलाई नेपाल र नेपालीको बृहत्तर बिकाशमा लगाउनको लागि सहयोगी भूमिका खेल्नेछु।

५. नेपाली राजदूताबाससंग सहकार्य गर्दै नेपालमा बिदेशी लगानी भित्र्याउन सकिने कार्यक्रमलाई प्रोत्साहित गर्ने अनि नेपाल र बेलायतबीच नेपाली समाजको पुल भएर अग्रणी भूमिका खेल्नेछु।

६. नेपालमा उद्यमशीलता बिकाश तालिम तथा रोजगारीको लागि पहल गर्नेछु ।



 मलाई यहाँहरुको अमूल्य मत दिएर उपाध्यक्ष पदमा जिताउनु भई यहाँहरुको सेवा गर्ने मौका दिनु होला भन्ने आशामा छु।





Comments

comments

Leave a Reply

19243