सुष्माले गरिन् दाहाल र देउवाको तारीफ !

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल अविश्वासबाट विश्वासतर्फ अघि बढेको बताएकी छिन्। नयाँ पत्रिकामा खबर छ।

प्रचण्डको प्रमुख भूमिका
भारतको ७०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शुक्रबार भारतीय राजदूतनिवास (इन्डिया हाउस)मा आयोजित समारोहमा विदेशमन्त्री स्वराजले यसमा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख भूमिका रहेको स्पष्ट पारेकी छिन् । समारोहमा देउवा र प्रचण्ड सहभागी थिए ।

भारतको लोकतन्त्रबाट प्रेरणा : प्रधानमन्त्री
प्रधानमन्त्री देउवाले भारतको विकास र लोकतन्त्रबाट नेपालले प्रेरणा लिएका बताएका थिए । भारतको स्वतन्त्रता संग्राम नेपालको लोकतान्त्रिक आन्दोलनको प्रेरणा स्रोत भएको र अहिले भारतीय प्रधानमन्त्रीको विकासमन्त्र ‘सबका साथ सबका विकास’ पनि नेपालका लागि प्रेरणा स्रोत रहेको उनको भनाइ थियो ।

देउवा र प्रचण्डको प्रशंसा
देउवाले नेपालमा समावेशी लोकतन्त्र संस्थागत भइरहेको र समाजका सबै सीमान्तकृत समूहलाई साथमा लिएर लोकतन्त्र थप मजबुत पार्ने पनि बताएका थिए । देउवाभन्दा अघि बोलेकी स्वराजले नेपाल विश्वासको बाटोमा अघि बढेको भन्दै देउवा र प्रचण्डको प्रशंसा गरेकी थिइन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19254