राहत संकलनमा कलाकार: गरे सहयोगको यस्तो घोषणा

अविरल बर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ कलाकारहरुले राहत अभियान सुरु गरेका छन्।

कलाकारहरुले फेसबुकमार्फत आर्थिक सहयोगको घोषणा गरेको खबर नागरिक दैनिकले छापेको छ।

सिताराम कट्टेल धुर्मुसले आफ्नो संस्था धुर्मुस सुन्तली फाउन्डेसनमार्फत महोत्तरीबाट बाढी पीडितका लागि औषधि, खाद्यान्न र त्रिपालसहित अन्य राहतको सहयोग सुरु गरेका छन्।

महोत्तरीदेखि झापासम्मका क्षेत्रमा पुगेर जनतालाई सहयोग गर्ने धुर्मुसले बताए।

नायिका पूजा शर्माले एक लाख सहयोग गर्ने घोषणा गरेकी छन्।

त्यस्तै, दीपकराज गिरीले एक लाख, दीपाश्री निरौलाले ५१ हजार र प्रियंका र्काीले ५१ हजार सहयोगको घोषणा गरेका छन्।

अन्य कलाकारहरु पनि सहयोगमा जुटेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19272