एनआरएन वेलायतको अध्यक्षमा हिराधनको विजय निश्चित

रोशन मेवाहाङ्ग /एचकेनेपाल डट कम –

लण्डन साउन ३२ । गैरआवासीय नेपाली संघ (एनआरएन) वेलायतको आगामी सेप्टेम्बर ९ मा हुने अधिवेशनकालागि करीब ३६२५ जनाले सदस्यता लिएका छन्।

संघको आसन्न निर्वाचनमा अध्यक्ष पदकालागि वर्तमान उपाध्यक्ष हिराधन राई, योग फगामी, दाशु पाण्डे र कृष्ण तिमल्सेनालगायतले उम्मेदवारी दिए पनि अध्यक्षमा हिराधन राईको विजय हुने नेपाली समाजले आंकलन गरेको छ।

सातौ अधिवेशनका अध्यक्ष पदका प्रत्याशी हिराधन राई नेपालको दुर्गम जिल्ला खोटाङ बासपानीका कर्मठ समाजसेवी मणिप्रसाद राईका साइलो छोराको रुपमा जन्मिएर गाउँकै विद्यालयबाट बि.सं. २०४२ सालमा प्रवेशिका (एसएलसी) परीक्षामा दोस्रो श्रेणीमा उत्तीर्ण हुर्दै उच्च शिक्षा हासिलका लागि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएका थिए। उनले प्रविणता प्रमाण–पत्र तहको अध्ययनसँगै वेलायती गोर्खा सैनिकमा भर्ति हुने सपना वुन्न थाले। उनको त्यो सपना बि. सं. २०४४ (सन् १९८७) मा पुरा भएको थियो । वेलायती गोर्खा सैनिकको तालिम केन्द्र हङकङमा ४२ हप्ता तालिम सकेपछि रोयल गोर्खा रेजिमेन्टमा दरबन्दी पाएका राईले गोर्खा रेजिमेन्टमा लगभग १८ बर्षसम्म सैनिक सेवाको क्रममा बिभिन्न तालिमहरुसँगै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरका पदकहरु समेत प्राप्त गरेका थिए। गोर्खा सैनिकमा रहदा सैनिक अण्डाका शारीरिक र तेक्वान्दो प्रशिक्षक समेत गरेका थिए।

गोर्खा रेजिमेन्टमा शारीरिक प्रशिक्षकका रुपमा कार्य गरिरहदा अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय अन्तर्रा्ष्ट्रिय शान्ति सेनाको प्रशिक्षकका रुपमा समेत कार्य गर्ने अवसर पाउदा संयुक्त राष्ट्रसंघीय पदक तथा फरक राष्ट्रका सुरक्षाकर्मीसँगहरुको कार्य अनुभवलाई अन्य क्षेत्रमा समेत सदुपयोग गर्ने अवसर पाएको उनले बताए।

गोर्खा सैनिक सेवामा तेक्वान्दो मुख्य प्रशिक्षकका रुपमा रहदा धेरै प्रशिक्षार्थीहरु उत्पादन गर्नुका साथै आफ्नै जीवनमा पनि अनुशासन र नेतृत्व बिकासका पक्षहरुका बारेमा अध्ययन र अनुभव गर्न पाएका राईले अध्ययनलाई जीवनका अभिन्न अंग सम्झन्दै वेलायती एआर विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक सम्मका प्रमाण-पत्र लिन सफल भएका छन्।

सैनिक सेवालाई रोजीरोटीको रुपमा मात्रै हैन एउटा अवसरको रुपमा लिदै बिभिन्न मुलुकहरुको भ्रमण गर्न पाए। जसमा हङकङ, व्रुनाई, मलेसिया, थाईल्याण्ड,बेलिज, सेरालियोन, कोसोभो, साइप्रस, जर्मनी, केन्या, अमेरिका, क्यानाडा, फोकल्याण्ड, मेसोडोनिया, इराक, अफगानिस्तान, स्पेन, फ्रान्स, अष्ट्रेलिया लगायतका २ दर्जन भन्दा बढी राष्ट्रहरुको भ्रमण गर्न पाउदा धेरै कुराका ज्ञान पाएका जनाए।

एनआरएन वेलायतका वर्तमान उपाध्यक्ष राई एक सालिन, स्वच्छ, र सामाजिक अभियानमा विशेष छवि बनाउन सफल राई बेलायती नेपाली समुदाय माँझ निकै लोकप्रिय नाम हो। बेलायतमा रहेका नेपाली समुदाय र समाजको हरेक घटना क्रमसंग नङ्ग र मासुको जस्तो सम्बन्ध राख्न रुचाउने, कुनै पनि सामाजिक परिस्थितिमा आफ्नो जागिर वा परिवार नभनी दिनरात खट्न सक्ने, हरेक नेपाली र नेपाली समाजको उन्नतिलाई आफ्नो मान र सम्मान सम्झने, एनआरएन अभियानका एक कर्मठ व्यक्तित्व जो बिगत धेरै बर्षदेखि एनआरएनको अभियानमा सक्रिय हुदै अहिले एनआरएन बेलायतको अध्यक्ष पदकालागि चुनाबी प्रतिस्पर्धामा उत्रिएका छन्।

नेपाली नेपाली बिचको एकता र गोर्खालीहरुको योगदानको समन्वयात्मक दिन रात खटिदै अनेकतामा विविधता नेपालीहरुमा एकता भन्ने सूत्रलाई अघि सार्दै चुनावी माहोलमा उत्रिएका राईलाई अहिले धेरै नेपालीहरु र समाजका थुप्रै व्यक्तित्वहरुले साथ दिदै आइरहेको यथार्थ सिसा जस्तै छर्लंग देखिएको छ।

करिव ३६२५ सदस्यता मध्ये एनआरएन वेलायतका अध्यक्षका प्रवल दाबेदार राईको करिब २३०० भन्दा बढी सदस्यता रहेको दाबी गरिएको छ। उनले सदस्यता बनाउन अहोरात्र खटिनुको पछाडि चुनाब जित्नु मात्र नभई संघको बिकाशमा सहयोग पुर्याउनु र संघको अभियानमा लाग्दा आफूलगायत अन्य साथीहरुले अरुले भन्दा धेरै सदस्यता बनाइ चुनाब नै जित्ने पक्का भएकोमा धेरै खुसि ब्यक्त गरेका छन्। आफ्नो यस अभियानमा साथ दिने साथीहरु र आफ्नो अनुरोधलाई स्वीकार गरि खुसीको साथ सदस्यता बनिदिने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा बुबाआमाप्रति कृतज्ञता प्रकट गर्दै सेप्टेम्बर ९ गतेको दिन आफ्नो अमुल्य भोट दिदै अत्यधिक बहुमतकासाथ जिताउनका लागि अनुरोध गरेका छन्।

वर्तमान अध्यक्ष मुछेन्द्र गुरुङको नेतृत्वले विवादास्पद संस्थालाई सहि बाटोमा लगेको र कार्यअवधिभित्र खेलेको भूमिकाको प्रशंसा गर्दै कार्यसमितिले गरेका कामलाई चुस्त र दुरस्त पार्दै यसंस्थालाई नयाँ आयामबाट माथि उठाई नेपालीहरुका साँझा संस्था हो रहेछ भन्ने मान्यतालाई स्थापित गराउन अहोरात्र खटिने प्रतिबद्धता जाहेर गरेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19308