बल नेपालको ‘कोर्ट’मा छाडेर फर्के वाङ: खुल्यो ‘नयाँ ढोका’

चिनीयाँ राष्ट्रपति सि चिनफिङका विशेष प्रतिनिधि तथा उपप्रधानमन्त्री वाङ याङ नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको बल नेपालको ‘कोर्ट’मा छाडेर स्वदेश फर्केका छन्।

उनको तीन दिने औपचारिक भ्रमणले नेपाल चीन सम्बन्धमा आर्थिक सहकार्यका लागि ‘नयाँ ढोका’ खोलेको यस क्षेत्रका विज्ञहरुको भनाइ छ।

भ्रमणबाट चीनले छिमेकीसँग गर्ने व्यवहारमा ‘राजनीतिक शैली’मा अघि बढ्न सक्ने सन्देश दिएको पनि विज्ञहरु बताउँछन्।

वाङ ‘ग्वाङजाओ-वाङडोङ मोडल’का एक प्रमुख अभियन्ता हुन्।

उनी निकै शक्तिशाली र महत्वपूर्ण नेताका रुपमा चीनमा उदाइरहेका छन्। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

19330