बाढीपीडितलाई न्युयोर्कको रिजउड नेपाली समाजद्वारा २ लाख सहयोग

विजय थापा –
रिजउड नेपाली समाजले आयोजना गर्ने श्रीमदभागवत महापुराणको तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ। अगस्त २३ बुधबारदेखि अगस्त २९ मंगलबारसम्म श्रीमदभागवत महापुराण हुने भएको छ।

दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन निर्माणको सहयोगार्थ सप्ताहब्यापी दोस्रो श्रीमद्भ भागवत पुराणको आयोजना गरिदै छ। त्यसैगरी, बाढी पहिरोपीडित आर्थिक सहयोग समेत गरेको छ।

१६ तारिख रिजउड नेपाली समाजका पदाधिकारीले मधेसी एसोसिएसन इन अमेरिकालाई करिव दुई लाख रुपैया (दुई हजार एक डलर ) हस्तान्तरण गरेका छन्। मधेसी एसोसिएसन इन अमेरिकाले बाढी पिडित क्षेत्रमा राहत वितरण युद्ध स्तरमा गर्दै गरेको सामाजिक संजाल मार्फत जनाएको छ।

तस्बिर :बिमल नेपाल





Comments

comments

Leave a Reply

19340