पोर्चुगलमा गठबन्धनले उम्मेदवारी दिने यस्तो छ तयारी

वाईवि तमू –

लिस्वन। गैरआवासीय नेपाली संघ, पोर्चुगलको आसन्न छैठौँ महादिवेशनको मिति नजिकिदै गर्दा एनआएनए, पोर्चुगलको माहौल दिन प्रतिदिन तात्दै गैरहेको छ।

पोर्चुगलमा कृयाशील जनजाति महासंघ,संघीय समाजवादी फोरम,जनसम्पर्क समिति,जनप्रगतिशिल मंच,प्रवासी नेपाली मंच, नया शक्तिनेपाल बीच एनआरएनए, पोर्चुगलको आगामी २०१७ -२०१९ कार्यकालका लागि नेतृत्व कसले हत्याउने भन्ने कस्सा कस्सि परेको छ।

यसै क्रममा जनजाति महासंघ, जनप्रगतिशिल मन्च, संघीय समाजवादी फोरम र नया शक्तिबीच चुनावी समीकरणसहितको गठबन्धन निर्माण गरेका छन्।

राजधानी लिस्वनमा बसेको गठबन्धनको संयुक्त बैठकले आगामी एनआरएए,पोर्चुगलको आसन्न महाधिवेशनका बारेमा खेल्नु पर्ने भूमिका र नेतृत्व सम्बन्धी निर्णयहरु गरेको कुरा गठबन्धनका एक नेताले बताए।

गत वर्षको तुलनामा यस वर्ष २३४५ सदस्य पंजीकृत भएका छन् एनआरएनए, पोर्चुगलमा जसका कारण यस पटक पोर्चुगलबाट दुई जना अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य तोकिने छन्।

उक्त गठबन्धनले एकजना आईसीसी सदस्यसहित अध्यक्ष,महासचिव,सचिव, कोषाध्यक्ष र महिला सदस्यसहित अन्य चार जना सदस्यमा आफ्नो दावी गर्ने निर्णय गरेको कुरा नाम उल्लेख नगर्ने सर्तमा जिम्मेवार व्यक्तिले बताएका छन्।

यसरी चुनावी समीकरणको गठबन्धनअनुसार आदिवासी जनजाति महासंघले आईसीसी सदस्यका लागि पूर्व उपाध्यक्ष पेम्बा शेर्पाको नाम अगाडि सारेको छ भने संघीय समाजवादी फोरम, जनप्रगतिशिल मञ्च र नयाँ शक्तिले समर्थन गर्ने सहमति गरिएको छ भने जनप्रगतिशिल मन्चले महासचिवमा दावी गर्ने र अन्य संघीय समाजवादी फोरम ,महासंघ र नया शक्तिले समर्थन गर्ने त्यस्तै कोषाध्यक्ष र सचिवमा संघीय समाजवादी फोरमले दावी गर्ने र अन्य गठबन्धनले सघाउने सहमति भएको जनाईएको छ भने अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष सुनिल संगमलाई सर्वसम्मतिबाट समर्थन गर्ने निर्णय गरिएको जनाइएको छ।

जनप्रगतिशिल मञ्चले अध्यक्षको स्वत: दावी गरे पनि आन्तरिक विवादका कारण अझै अध्यक्ष कसलाई पठाउने भन्ने निर्णय गर्न सकेको छैन भने प्रवासी नेपाली मंचको पनि आन्तरिक विषयमा केहि कुराहरु मिल्न नसकेका कारण कुन पदमा आफ्नो दावी गर्ने भन्ने बारेमा निर्णय लिन सकेको छैन त्यसैले प्रवासी नेपाली मंचले “पर्ख र हेर”को रणनीति अपनाएको यहाँका जानकारहरु बताउछन्। एनआरएनए, पोर्चुगलको आसन्न महाधिवेशन अब मात्र २१ दिन बाँकी रहेको छ।





Comments

comments

Leave a Reply

19370