सम्पत्ति शुद्धीकरण मुद्दामा मनाङेले पाए सफाइ

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक मनाङेलाई सफाइ दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार वर्षभन्दा बढी समय लगाएर अनुसन्धान गरेको मुद्दामा विशेष अदालतले वादीको दाबीअनुसार प्रमाण पुग्न नसकेको भन्दै मनाङेलाई सफाइ दिएको हो।

अदालतको अन्तिम सुनुवाइबाट सफाइ पाएपछि दुई करोड ९० लाख रुपियाँ धरौटीमा रिहा गरिएको थियो।

मनाङेसहित अदालतले उनकी श्रीमती पासाङ डोमा शेर्पालाई पनि सफाइ दिएको खबर गोरखापत्रले छापेको छ।

गैरकानुनी रूपमा कमाएको सम्पत्ति लुकाउन सहयोग गरेको भन्दै श्रीमती डोमालाई पनि मतियारका रूपमा विपक्षी बनाइएको थियो। सफाइ पाएका मनाङे राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध छन्। उनी राप्रपा मनाङका अध्यक्ष समेत हुन्।





Comments

comments

Leave a Reply

19375