हङकङमा सिग्नल नम्बर १० को भीषण आँधी बेहरी, जनजीवन अस्तब्यस्त, ३४ जना घाइते!

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ अगष्ट। हङकङमा सिग्नल नम्बर १० को भीषण आँधी बेहरीका कारण जनजीवन अस्तब्यस्त बनेको छ।

Hurricane Signal, No. 10 का कारण हङकङको जनजीवन प्रभावित पारेको छ। यो वर्षकै ठूलो आँधी बेहेरी हङकङको समय अनुसार बिहान ५:२० बजे ८ नं.को शुरु भएको थियो भने ८:१० बजे ९ र ९:१० बजे १० नं.को आधी बेहरी शुरु भएको थियो।

अस्पताल प्राधिकरणले बिहान ११ बजेसम्म आँधीबेहरीका कारण चोटपटक लागेका ३४ जनाको सार्वजनिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

यो भिडियो हेर्न र शेयर गर्न नभूल्नु होला, सबैलाई जानकारी दिनुहोला

केही ठाउंहरुमा ठूला रुख ढलेर सडक अबरुद्ध पारेको छ। आँधीबेहरीका कारण १८२ रुख ढलेका छन्।

हङकङको व्यस्त मानिएको स्टार फेरी सेवा आँधीबेहरीका कारण रद्द गरिएको छ। स्टार फेरि सेवा बन्द भएपछि एमटिआर (भूमिगत रेल) स्टेशनमा गन्तव्यमा पुग्ने यात्रुहरुको भीड लागेको छ।

टाईफून नं. ८ का कारण स्टार फेरि सामुद्रिक बाटो, सिटी बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन्। हङकङ शिक्षा विभागले शैक्षिक प्रतिष्ठानहरु बन्द गरिएको घोषणा गरेको छ।

हङकङ एयरललाइन्सले आधी बेहरीका कारण विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सबै उडान बन्द गरेको जनाएको छ। त्यस्तै क्याथेप्यासेफिकले अधिकांश उडानहरु रद्द गरिएको जनाएको छ।

थप भिडियोहरु यहाँ हेर्नुहोस्ः

भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

 

9:10AM: Hurricane Signal, No. 10 issued.

Posted by HKNepal.com on Tuesday, 22 August 2017

.





Comments

comments

Leave a Reply

19401