मिस पूर्वाञ्चलको आठौ संस्करण सुरु

एचकेनेपाल डट कम संवाददाता –
धरान / पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित नेपाल आईस नेचुरा मिस पूर्वाञ्चलको आठौ संस्करणको दमकको होटल कामक्ष र धरानको हेल्दी होममा सम्पन्न अडिसनबाट २६ जना छनोट गरिएको छ।

दमक र धरानमा गरिएको २ वटा अडिसनबाट छानिएका २६जना प्रतियोगीमध्ये १९ देखि २३ जनासम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागी गराइने आयोजकले जनाएको छ।

दमक अडिसनको निर्णयक प्राध्यापक राजेन्द्रजङ थापा र हिमसिखर टेलिभिजनका अध्यक्ष धुब्र न्यौपाने र मिस पुरूवाञ्चल २०१५ की सेकण्ड रनरअप प्रमिसा बज्रचार्य रहेका थिए भने धरान अडिसनको निर्णायकमा संचारकर्मी सुरेश राई , मिस पुरूवान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन र धरान हेल्दी होमकी संचालिका सुप्रिया माझी रहेका थिए।

यसपाली धरानका बिभिन्न कलेजमा मिस पूर्वाञ्चलको पब्सिटीका लागि कलेज क्याम्पिन समेत गरिएको थियो । कलेज क्याम्पिनमा मिस पूर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन र संचारकर्मी सुरेश राई सहभागी थिए। मिस पूर्वाञ्चलको आठौ सस्करण भदौ ३१ गते धरानमा हुदै छ।

प्रतियोगीहरुलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ।

कार्यक्रमको कोरीयोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्ने छिन् । प्रतियोगितालाई पूर्वाञ्चलव्यापी र पर्यटन प्रवर्द्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरु समेत राखिएको सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए।

यसपाली पूर्वमा आयोजना भएका बिभिन्न अन्य सौन्दर्य प्रतियोगिताका बिजेताहरुलाई क्राइटेरिया पुगेको खण्डमा बिना अडिसन प्रतिस्प्रधाका लागि सोझै प्रवेश गराइने योजना अनुरुप मिस धरान र मिस दमकको बिजेतालाई बिना अडिसन प्रतियोगितामा सहभागी गराइएको छ।

कम्तीमा १२ कक्षा पढ्दै गरेका युवतीहरु सहभागी गराइने नेपाल आईस नेचुरा‘मिस पूर्वाञ्चल’को आठौ संस्करणको लागि अनलाइनबाट नब्बे जना भन्दा बढीको आवेदन आएको आयोजकले जनाएको छ।

सहभागीहरुलाई रक्तदान, ट्राफिक सेचतना र सरसफाईका कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइनेछ ।ती कार्यक्रमहरु पूर्वका विभिन्न शहरहरुमा आयोजना गरिनेछ । अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१७ को उपाधिसँगै स्कुटी र अध्ययनका लागी छात्रवृत्ति र बिदेश भ्रमणको अवसर दिईने आयोजकले जनाएको छ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः ५० हजार र ३० हजार नगद पुरस्कार सँगै छात्रवृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस इन्टलेक्चुअल , मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सनलगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु १२ हजार नगद पुरस्कारको ब्यबस्था गरिएको प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रायोजक बढेमा पुरस्कार राशिलाई अझ बढाइनेछ।

सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा तथा बराह ज्वेलरी इन्ड्रस्ट्रिज प्रालिको प्रस्तुति तथा नेपालआइस नेचुरा बियरको मुख्य प्रयोजन र एनआइसी एसिया बेंक , चेसुंग वाइन , बायो व्हिस्की र बायो वोड़काको सहप्रायोजन मिस पूर्वाञ्चल २०१७ मा रहेको छ भएको मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ र २०१२ मा अस्मिता गुरुङ ,२०१३ मा नेहा बजाज,२०१४ मा नेमिता आङबुहाङ, २०१५ मा प्रियङका श्रेष्ठ र २०१६ मा कृतिका गिरीले जितेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19434