नर्दन आयरल्याण्डमा पनि तीज मनाईयो

धर्मराज अधिकारी

बेलफास्ट, युके । नेपाली हिन्दु महिलाहरुले विशेष महत्वको साथ मनाउने हरीतालीका तीज पर्व स्वदेश तथा विदेशमा हर्षोल्लासको साथ मनाइएको छ।

धार्मिक विश्वासका साथ हिन्दू महिलाहरुले मनाउने यस पर्व नेपालबाट सात समुद्रपारी बेलायतमा पनि नेपालका राष्ट्रिय बलाकारहरुको साथमा मनाइयो।

बेलायतको नर्दन आयरल्याण्डमा बस्ने नेपालीहरुले पहिलो पटक नेपालका ख्यातिप्राप्त कलाकारहरुको साथमा तीज कार्यक्रम मनाएका छन्। बुधबार बेलफास्टस्थित स्थानीय सामुदायिक भवनमा कलाकारद्धय राजु ढकाल र जमुना रानाका साथमा उनीहरुले तिज मनाएका हुन । नर्दन आयरल्याण्डमा बसोबास गर्ने नेवालीहरुको साझाा संस्था नेप्लिज कम्युनीटि इन नर्दन आयरल्याण्डको पहलमा सम्पन्न उक्त कार्यक्रममा करीब दुई सय नेपालीहरुको सहभागिता रहेको अध्यक्ष लिलाराम निउरेले बताए।

सन् २००८ मा स्थापना भएको नेपालीहरुको साझा संस्थाले विगतमा बर्षहरुमा सामुहिक रुपमा तिज मनाए पनि राष्ट्रिय कलाकारहरुको साथमा तीज मनाईएको यो पहिलो हो, अध्यक्ष निउरेले भने, तीज पर्वलाई अझै व्यवस्थित गरेर आगामी बर्ष बृहत रुपमा मनाउन हामीलाई हौसला मिलेको छ।

कार्यक्रममा कलाकारहद्धयले विभिन्न गितहरुमा सहभागिहरुलाई भरपुर मनोरञ्जन दिए । उनीहरुले सहभागिहरुलाई अबेर सम्म नचाएका थिए । तिज कार्यक्रममा सहभागि महिलाहरुले यस पटकको तिज विगतमा भन्दा विशेष र रमाईलो भएको बताए।

बेलायतको लण्डन शहरबाट केहि टाढा रहेको नर्दन आयरल्याण्डमा करीब एकसय घर नेपालीहरु छन्। विभिन्न पेशा तथा रोजगारी गरिरहेका उनीहरुले नेपाली पर्वहरुलाई विशेष महत्वका साथ मनाउंदै आइरहको स्थानिय नारायण कंडेलले जानकारी दिए । नेपाली नयां बर्ष, विजया दशमी तथा तिज लगायतका कार्यक्रमहरुले वेष्टर्न समाजका हुर्किएका नेपाली युवा पिंढिलाई नेपाली कला संस्कृतिको जगेर्ना तथा यसका बारेमा जानकारी दिन पनि सहयोग पुर्याउने कंडेल बताउंछन्।





Comments

comments

Leave a Reply

19461