जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्चमा सिंगापुर पुगे २० कर्मचारी


जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्चमा सिंगापुर पुगे २० कर्मचारी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ।

जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गरेका हुन्।

ती मध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका खबर नागरिकमा छापिएको छ।

सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण बिदा स्वीकृत गरेका हुन्।

‘यसका लागि व्यवस्थापनले २० लाख रुपैयाँ खर्च गरेको छ’, निगम स्रोतले भन्यो।

‘जो सिंगापुरमा जहाज हेर्न र लिन जाने भनेर गएका छन् ती कसैले पनि जहाज मर्मत भइरहेको ह्यांगरभित्र जानै पाउँदैनन्, लिएर आउनु त परकै कुरा भयो।’

 





Comments

comments

Leave a Reply

19472