बर्षौपछि घर आउँदाः न सम्पत्ति न श्रीमती

धनकुटा, ११ भदौ । साँगुरीगढी गाउँपालिका १ का भीम लिम्बूले आफू विदेशबाट आएलगत्तै लाखौं नगरद र गहनासहित श्रीमती बेपत्ता भएकाले खोजी गरिपाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन्।

विदेशमा दुख गरेर कमाएको पैसा र गहना बोकेर एकम सातापहिले हराएकी श्रीमती अहिलेसम्म फेला परेकी छैनन्।

श्रीमती युनिशा लिम्बू अढाई बर्षीय छोरा र पाँच लाखसहित बेपत्ता रहेको उजुरीमा उल्लेख छ।

त्यस्तै धनकुटा ५ की ४४ बर्षीया विन्दु श्रेष्ठ छोरी अस्मितासहित गत साता वेपत्ता भएको प्रहरीमा उजुरी परेको छ।

पति टुकबहादुरले विदेशबाट पठाएको पाँच लाख नगदसहित उनी वेपत्ता भएकी हुन्।

यस्ेगरी, धनकुटा २ का डम्बर बहादुर राईको पनि पीडा उस्तै छ । विदेशबाट पठाएको पाँच लाख नगर र दुई तोला सुनसहित पत्नी बेवत्ता भएपछि उनले पनि प्रहरीमा खोजी गरिदिन निवेदन दिएका छन्।

माथिका घटना उदाहरण मात्र हुन् । यस्त प्रकृतिको दर्जनौं उजुरी जिल्ला प्रहरी कार्यालयमा दैनिकजसो पर्ने गरेको खबर राजधानीले छापेको छ।





Comments

comments

Leave a Reply

19474