कतारमा यसरी हुँदैछ नेपाल आईडलको ग्राण्ड फिनाले

कतारमा यसरी हुँदैछ नेपाल आईडलको ग्राण्ड फिनाले

एमपि नेपाल / एचकेनेपाल डट कम –
दोहा, एपि १ टेलिभिजनबाट प्रसारित नेपालकै पहिलो नेपाली आडलको फिनाले कतारमा हुने भएको छ।

अनएक्सवन ईन्टरनेसनल र एभरेष्ट नेपाल युथ एसोसिएसनको आयोजनामा हुन लागेको उक्त ग्राण्ड कार्यक्रमबारे जानाकारी गराउन कतारको सालिमार प्यालेस रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमका बारेमा जानाकारी गराईयो।

कार्यक्रमलाई एसोसिएसनका अध्यक्ष समाजसेवी तथा ब्याबसायी उत्तम गुरुङले सभापतित्व गरेका थिए भने पत्रकारहरुको प्रश्नका जबाफ ग्राण्ड फिनाले मेन एडभाईजर सामाजिक अगुवा सागर नेपाल, ईभेण्ट पार्टनर ब्यबासायी तथा युवा समाजसेवी प्रबिण गुरुङ, ईभेण्ट म्यानेजमेण्ट ब्यबासायी प्रकाश गुरुङ, प्रमुख सल्लाहकार समाजसेवी बिल गुरुङ तथा उत्तम गुरुङले दिएका थिए।

एडभाईजर अफ दि ईभेण्ट सागर नेपालले दोहाका कलाप्रेमीहरुले आफू मासिएर पनि कला र कलाकारीता मर्न नदिएको बताए। नेपाली समाजले कलाकारीतालाई सधैं मायाँ र सम्मान गरेको र त्यसैको फलस्वरुप नेपाल आईडल जस्तो अत्यन्तै चर्चित कार्यक्रमको फिनाले कतारमा हुदै गरेको जानाकारी दिए।

पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा प्रबिण गुरुङले कार्यक्रमको सफलताको बलियो पक्ष र ईभेण्ट म्यानेजमेण्ट टिमबारे जानाकारी दिएका थिए।

कार्यक्रमा पत्रकारहरुको जवाफ दिने क्रममै उत्तम गुरुङले आजसम्म दोहामा भएका कार्यक्रम मध्यको उत्कृष्ट कार्यक्रम बन्ने उल्लेख गरे।

नेपाल आईडलको ग्राण्ड फिनाले आगामी सेप्टेम्बर २२का दिन साँझ ५ बजे कतारको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रियल एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा तय गरिएको छ।

ग्राण्ड फिनालेको लाईभ प्रसारणका साथै टिकटका लागि अनलाईन क्यु टिकट र बिभिन्न सम्पर्कका माध्यमबाट हुनेछ। टिकट दर ३५ देखि २०० सम्म रहेको छ। रेड कार्पेट एरिया बाहेक हलको सिट संख्या १६५०० रहेको छ।





Comments

comments

Leave a Reply

19491