उत्तर कोरियाले हान्यो जापानमाथि क्षेप्यास्त्र

उत्तर कोरियाले स्थानीय समय अनुसार मंगलवार बिहान परीक्षण गरेको ब्यालेस्टिक क्षेप्यास्त्र जापानी आकाश हुँदै समुन्द्रमा खसेको छ।

बिबिसीका अनुसार उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको हो । समाचारमा उल्लेख भए अनुसार जापानको उत्तरी होकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको छ।

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानको आकाशमा पुगेपछि सर्वसाधारणलदाई सजग गराउदै साइरन बजेको समाचारमा उल्लेख गरिएको छ । मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको बिबिसीले जनाएको छ।

उत्तर कोरियाको क्षेप्यास्त्र प्रहार लगत्तै जापानी प्रधानमन्त्री शिन्जो आबेले कोरियाले प्रहार गरेको क्षेप्यास्त्र परीक्षण ‘अभूतपूर्व, गम्भीर र देशका लागि खतरा’ भएको प्रतिक्रिया दिएका छन्। अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

19505