फोनिज युकेको अधिवेशनः प्रमिला लाबुङराई अध्यक्ष चयन

सुरेन्द्र इङनाम –

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) युकेको दोस्रो अधिवेशनले रेडियो पत्रकार श्रीमति प्रमिला लाबुङ राईलाई अध्यक्षमा चयन गरेको छ।

नेपालको समावेशी संचार नीती निर्माण गर्नको लागि फोनिजले महत्वपूर्ण पहल गर्दै आएको र अझ धेरै दबाब दिन पर्नेकुरा प्रमुख अतिथि तथा फोनिज नेपालका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले बताउनु भयो। ’पूर्ण समावेशी आमसञ्चार, संविधान खारेजी र पुर्नलेखन आधार“ नारा राखिएको अधिवेशनमा धेरै बक्ताहरुले अहिलेको संविधान स्वीकार्ययोग्य नभएको विचार ब्यक्त गरे । फोनिज केन्द्रीय सचिव तथा उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तिमगर, फोनिज केन्द्रका सल्लाहकार तथा कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक गणेश राई, फोनिज कास्कीका पूर्वअध्यक्ष हुम गुरुङ, लिम्बु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्र खापुङ सुर्केर्लीले शुभ कामना मन्तब्य सहित पत्रकारिताको विषयमा प्रिजन्टेशन गर्नुभएको थियो।

प्रमुख अतिथि गुरुङ र फोनिज युके शाखाका अध्यक्ष विश्वास दीप तिगेलाद्धारा पानसमा दियो जलाएर अधिवेशनको उदघाटन गरिएको थियो । लगतै द्धयले फोनिज युकेको स्मारिका ’द जर्नालिष्ट“ को विमोचन पनि गर्नुभयो । लामो समय संचार क्षेत्रमा विशेष योगदान गरेवापत रेडियो संचारकर्मी सोनाम छिरिङ शेर्पालाई सम्मान पनि गरेको थियो । त्यस्तै गरि पत्रकार गणेश राईद्धारा लिखित ’बीस किराती लेखक“ नामक कृतिको समेत विमोचन भयो।

महासचिव प्रमिला लाबुङ राईद्धारा प्रस्तुत प्रगति प्रतिवेदन तथा भावी कार्यदिशा शंसोधनको सुझाव सहित पारित भएको थियो । कार्यक्रमलाई विशेष अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ युकेका बरिष्ठ उपाध्यक्ष जंग बहादुर सुनुवार, नेपाल पत्रकार महासङ्घ युकेका अध्यक्ष नरेश खपाङ्गी मगर, पहिचानवादी गायक राजन राई, जनजाति महासङ्घका पूर्व अध्यक्ष सिरीप्रसाद लिम्बु, युके मगर सङ्घका अध्यक्ष नेम थापामगर, किरात राई यायोख्खाका अध्यक्ष पदम राई, तमु धि युकेका अध्यक्ष ग्याम गुरुङ, विश्व नेपाली साहित्य महासङ्घ युके साउथ शाखाका अध्यक्ष विजय हितान, एभरेष्ट टाइम्समा निर्देशक दुत पुन, जनजाति महासङ्घ युकेका महासचिव कर्म पहाडी शेर्पा, एभरेष्ट टाइम्सका प्रधान सम्पादक हरिकुमार गुरुङ लगायतले शुभ कामना मन्तब्य राख्नु भएको थियो।

अधिवेशनको निम्ति फोनिज युकेले नेपालबाट ६ जना पत्रकारहरुलाई निमन्त्रणा गरेको थियो । सम्भवतः एकैपटक नेपालका पत्रकारहरु युकेका उत्रिएको यो पहिलो हो । सभापति तिगेलाले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो पदिय शक्ति निर्वाचन समितिलाई हस्तान्तरण गर्दै पहिलो चरणको कार्यक्रम अन्त भएको घोषणा गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित सबैलाई भावना परिष्कृत सुनुवारले स्वागत साथै नगेन्द्र नेम्बाङले आपतकालिन सुरक्षाको विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको मध्यान्तरमा सुरेन्द्र इङनामले मिठो बाँसुरीको धुन पस्केका थिए । अधिवेशनलाई महासचिव राईले संचालन गर्नुभएको थियो ।

दोस्रो चरणमा, निर्वाचन संयोजक पूर्ण गुरुङ र लिलामान शेरपुञ्जाले उम्मेदवारी आब्हान पश्चात सहमतिको निम्ति छलफल गरि नयाँ नेतृत्वको घोषणा गर्नुभयो । नयाँ नेतृत्वमाः अध्यक्ष प्रमिला लाबुङ राई, उपाध्यक्ष नगेन्द्र नेम्बाङ्, महासचिव खुशी लिम्बु, सचिव जमुना पुन, कोषाध्यक्ष गोमा राना र सदस्यहरुमा मिलन तमु, सविन्द्र कुमार गुरुङ, सुरेन्द्र इङ्नाम, होम सुनुवार, पुष्पा गुरुङ्, कर्म पहाडी, विशन गुरुङ, मुकेश राई, बम थापा सुर्यवंशी र सुश्री सुमिरा सुनुवार निर्वाचित हुनुभयो भने काठमाडौ केन्द्रको प्रतिनिधिमा निवर्तमान अध्यक्ष विश्वास दीप तिगेला, पूर्व अध्यक्ष पूर्ण गुरुङ, नरेश खपाङ्गीमगर, लिलामान शेरपुञ्जामगर र श्रीमति भावना सुनुवार परिष्कृत चयन हुनुभयो।

नवनिर्वाचित पदाधिकारीहरुलाई केन्द्रीय अध्यक्ष गुरुङले सफथ खुवाउनु भएको थियो भने नवनिर्वाचित अध्यक्ष श्रीमति राईले आफ्नो प्रतिबद्धता ब्यक्त गर्नु भएसंगै अधिवेशन सम्पन्न भएको थियो । सन २०१३ मा स्थापित यस फोजिनमा जम्मा ५१ जना सदस्यहरु रहेका छन्।





Comments

comments

Leave a Reply

19516