पूर्वविद्यार्थीले विरामी गुरुलाई दिए ‘१० लाख गुरुदक्षिणा’

चितवन – आर्थिक अभावले उपचारमा समस्या झेलिरहेका माडी १ गर्दीका शिक्षक देवेन्द्र प्रसाद पौडेललाई पूर्वविद्यार्थीले १० लाख ४२ हजार रुपैयाँ सहयोग गरेका छन्।

स्वदेश र विदेशमा रहेका पूर्वविद्यार्थीले स्वस्फुर्त रकम सहयोग गरेको खबर कान्तिपुरमा छ।

पौडेल लामो समहदेखि फेक्सोको क्यान्सरले पीडित छन् । अहिले भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार चलिरहेको छ।

-उनले ०३५ पुसबाट माडी माविमा अध्यापनको काम सुरु गरेका हुन्।
-०४० पुसमा सोमेश्वर माविमा पढाउन सुरु पुगे।
-०७१ साउनमा अवकाश लिए।

पूर्व विद्यार्थी उमाकान्त शर्माको नेतृत्वमा सामाजिक सञ्जाल फेसबुकमा सहयोग अभियान चलाइएको थियो।





Comments

comments

Leave a Reply

19529