महापुराणबाट डेढ करोड उठेपछि न्युयोर्कबासी नेपाली दंग

विजय थापा –

अमेरिकाको नेपाली समुदायको मुनाफारहित सामाजिक संस्था रिजउड नेपाली समाजले श्रीमद भागवत महापुराण आयोजना गरी अगस्त २९ तारिख अन्तिम दिनसम्म १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट उठाएको छ।

यस खुशीको खबरले न्युयोर्कबासी खुशी भएका छन्। अब न्युयोर्कमा नेपाली साँस्कृतिक केन्द्र तथा दुर्गा मन्दिर बन्ने पक्का भएको छ। अगस्त २३ बुधबारदेखि अगस्त २९ मंगलबारसम्म भएको उक्त महापुराणमा हरेक साँझ ४ बजेदेखि राति १० बजे सम्म चलेको थियो।

महा पुराणको अन्तिम दिन अगस्त २९ तारिख नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले अन्य पदाधिकारीहरुको उपस्थितिमा महा महापुराणमा १ लाख २५ हजार ५ सय ५५ डलर प्रदान गरेका छन्। नेपाली जन सम्पर्क समिति अमेरिका अहिलेसम्म कै सवै भन्दा ठूलो रकम दान दिने संस्था बनेको छ।

अगस्त २९ तारिखका दिन रिजउड नेपाली समाजका पूर्व अध्यक्ष श्री पराजुलीले अहिलेसम्म कै व्यक्तिगत दान १ लाख ११ हजार १ सय ११ डलर गरेका छन्। यसै गरि एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले १० हजार १ डलर दान दिएका छन्। गौरी जोशीले ५ हजार ५ सय ५५ डलर र ५५ सेन्ट सहयोग गरेका छन्। एनआरएन अमेरिकाकी वर्तमान उपाध्यक्ष रबिना थापाले १४ हजार ८ सय ८३ डलर दान गरेकी छिन्।

संस्थाले दिनानुदिन बढदै गई रहेको नेपालीहरुको आगमन र अमेरिकामा जन्मेका हुर्केका बालबालिकालाई साँस्कृतिक केन्द्रका माध्यमद्वारा एक असल संस्कारी नेपालीको पहिचान दिन सकियोस् भन्ने उद्देश्यले दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र निर्माणको सहयोगार्थ सप्ताहब्यापी ऐतिहासिक दोस्रो बृहत श्रीमद्भ भागवत पुराणको आयोजना गरेको हो।

बाचन प्रवीण दीनबन्धुको प्रमुख वाचकत्वमा श्रीमद्भ भागवत पुराणको आयोजना भएको थियो भने यसको लागि मूल समारोह समिति गठन गरिएको थियो।

महा पुराणमा कलशसहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगरपरिक्रमा गरिएको थियो। कार्यक्रम अबधिभर सांस्कृतिक केन्द्रको निर्माणका लागि करिब १० (दस लाख) डलर संकलन गर्ने उद्देश्यले आयोजना गरिएको ऐतिहासिक दोस्रो भागवत बृहत महापुराणमा १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट डलर उठाउन सफल भएको छ।

रिजउड नेपाली समाज बिशुद्ध सामाजिक सेवाको भावनाले स्थापित गैरराजनीतिक तथा गैरनाफामूलक संस्था हो । नेपाल र नेपालीको धर्म कला, संस्कृति र परम्पराको जगेर्ना गरी अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका नेपालीहरुमा आइ पर्ने विविध समस्या समाधानमा सहयोग पुर्याउने उद्देश्यले सन् २००३ मा दर्ता भई कानूनी मान्यता प्राप्त गरेको छ।

संस्थाले सन् २०१० मा श्रीमद्भागवत महापुराणको आयोजना गरी करीव ५ हजार वर्ग क्षेत्रफल भएको आफ्नै स्वामित्वमा रिजउडमा जग्गा २०११ं मा खरिद गरेको छ। अब सोही स्थानमा दुर्गा मन्दिर तथा सांस्कृतिक केन्द्र बन्ने ढोका खुलेको छ। कार्यक्रम सत्यनारायण मन्दिरमा भएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19536