एनआरएन बेलायतको चुनावी मैदानमा ५२ जना प्रतिस्पर्धीहरु

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-

लण्डन, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (वेलायत) को सातौ अधिवेशन (२०१७–०१९) का लागि आगामी ०९ सेप्टेम्बरमा हुने निर्बाचनमा ५२ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।

अध्यक्ष पदकालागि ३ जना मात्र चुनावी मैदानमा उत्रिएका छन्। महिला संयोजक लिला देवी गुरुङ निर्बिरोध निर्बा्चित भएकी छन्।

अध्यक्षमा कृष्णप्रसाद तिमिल्सिना, योगकुमार फगामी र हिराधन राईको उम्मेदवारी परेको छ। उपाध्यक्षमा मास्टर राष्ट्र कुमार राई, प्रेम गाहा मगर, शुसिला राई, पुनम गुरुङ, डा. प्रेम बहादुर आले, डा. दिलिपकुमार यादब, दिपककुमार श्रेष्ठ, भोलानाथ खनाल, दयानिधी सापकोटा, ललित कुमार न्यौपाने र शेर बहादुर सुनुवारले मनोनयन दर्ता गराएका छन्।

महासचिवमा राजकुमार त्रिपाठी, फडिन्द्र भट्टराई र खुशी तावा लिम्बुको मनोनयन दर्ता भएको छ भने उप–महासचिबमा १ जनाको लागि २ जनाको उम्मेरदवारी परेको छ। जसमा कृष्ण तिवारी र बिनय अधिकारी छन्। सचिब पदकालागि तारानाथ भण्डारी, सुरज मास्के, सुनिल बाबु खडका र नारायण पौडेल चुनावी मैदानमा उत्रिएका छन्। कोषाध्क्षमा भने शालिकराम सापकोटा,सचिन श्रेष्ठ र महेश गिरीले मनोनयन दर्ता गराएका छन्।

सह–कोषाध्क्षमा गजेन्द्र गुरुङ र सुरज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । युवा संयोजक २ जनाको लागि वेलायतवासी नेपाली युवाहरु माँझ चर्चित कुमार थापा, लालबहादुर गुरुङ्ग, वीरेन्द्र श्रेष्ठ र राजन खकुरेललगायत ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

खुल्ला सदस्य तर्फको ९ जनाको लागि १५ जनाको उम्मेदवारी परेको छ । जसमा वेलायती नेपाली समुदायका चर्चित फोटा पत्रकार पवन राई, कोलेश्वर ढकाल, तिलकम भट्टराई, गंगाबहादुर राना, अर्कराज तिमिल्सिना, जितबहादुर रानाभाट, पवन शर्मा, कमल कडेल, विमला लिम्बु, मनिष खडका, विष्णु प्रसाद खरेल, पर्शुराम पाण्डे,होमनाथ पौडेल, डेविन्द्र थापा र मुकेश राना चुनावी मैदानमा उत्रिएका छन्।

एनआरएन आईसीसी सदस्य ३ जनाको लागि ५ जनाले मनोनयन दर्ता गराएका छन्। शान्ति थापा, देवराज आचार्य (चिरन),जयप्रकाश गुरुङ, कुमारी गुरुङ र अर्जुन कटुवालले प्रतिस्पर्धा गर्ने भएका छन्।

२०१७ – १९ का लागि एनआरएनए वेलायत परिषदको पंजीकृत सदस्य संख्या ३ हजार ६ सय ४४ मात्र छन्। जुन संख्या अघिल्लो कार्यकाल २०१५ – १७ को भन्दा ९ सय ४८ ले कम हो। अघिल्लो कार्यकालमा ४ हजार ५ सय ९२ जना परिषद सदस्य थिए । एनआरएन वेलायतको सदस्यता शुल्क २५ पाउण्ड बढाएका कारण सदस्यता घटेको अनुमान निर्वाचन आयोग प्रमुख डा. चन्द्र लक्सम्बाले जानकारी गराए । संस्थाले घरदैलो गरी गरी सदस्यता बनाउने र शुल्क पाएपछि सदस्यहरुलाई सदस्यता कार्ड समेत उपलव्ध गराउन नसकेका कारण धेरै सदस्यहरुले नकारात्मक टिप्पणी गर्न थालेका छन्।

पूर्व अध्यक्ष योगेन क्षेत्रीको कार्यकालमा संघका उपाध्यक्ष महेन्द्र कडेल अवैधानिकरुपमा अध्यक्ष बन्न खोजेपछि यो संस्था विवादित बन्न थालेको थियो। कडेलले करीब ७० हजार आर्थिक अनियमितता र आफै अध्यक्ष बन्न खोजेको भन्दै वेलायतवासी नेपालीहरुले आक्रोश पोखेका थिए । संघका महासचिब संगीता मरट्ठाले कार्यक्रम स्थगित गरे पनि कडेलले झुण्ड केही साथीहरु र केन्द्रबाट आएका कुमार पन्तसहित एक नेपाली रेष्टुरेन्टमा मादक पदार्थ सेवन गर्दै आफैलाई माला लगाउँदै अध्यक्ष घोषणा गरेका कारण यो संस्था विवादमा होमिएको थियो । विवादस्पद संस्थालाई अध्यक्ष मुछेत्र गुरुङले विवादलाई अन्त्य गर्दै आफनो कार्यकाल संचालन गरेपछि उनी बेलायतमा निकै चर्चित बने।

अध्यक्षको पद पाउनु मात्र ठूलो कुरो होईन । समाजकालागि महत्वपूर्ण योगदान र केन्द्रले दिएका विशेष कामलाई बुझेर एनसीसीको वास्तविकतालाई पुरा गर्न आवश्यक छ । कसैकसै अध्यक्षका प्रत्यासीहरुले न त आईसीसीको विशेष कामलाई वा एनसीसीको वास्तविकलाई बुझेका छन्। त्यस्ता कुराहरु नवुझीकन पदलिप्त प्रत्याशीहरु प्रशस्तै चुनावी मैदानमा उत्रिएका छन् । जसको बावजुद एनआरएन वेलायत फेरी पनि विवादमा होमिन नसक्ला भनेर कसरी आंकलन गर्न सकिन्छ?

अध्यक्षका उम्मेदवारीले गरिरहेका कार्यलाई मूल्यांकन गर्दै आफ्नो अमुल्य मत दिन आवश्यकता देखिन्छ । कसैकसै अरुको चावीले मात्र चल्ने अध्यक्षका प्रत्याशी अध्यक्ष बने भने के गर्छन्? वेलायतवासी नेपाली जनमासले सोच्नु पर्ने अवस्था आएको छ । वेलायतको व्यस्त समयमा ४ घण्टा संघको कार्यलयमा जनताकालागि काम गर्नु पर्दा व्यापारमा ३ हजार नोक्सानी पुग्छ भन्नेहरु र एनआरएनको दुई महिनामा एक पटक बैठक हुन्छ, त्यो बैठकमा विभिन्न समस्या देखाउँदै उपस्थित हुन नसक्ने विभिन्न पदका प्रत्याशीहरु पदाधिकारी चुनिए भने कसरी यो संस्थालाई अगाडि बढाउन सक्लान्?

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19548