अमिलो पानीपुरी र पिरो चटपटे बेचेर १ लाख ८० हजार चन्दा संकलन

देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, “अभाव र तिरस्कारमा कसैको जीवन बर्बाद नहोस्“ – लेखिएको एक सानो व्यानर हङकङको मंकी हिलमा एउटा रुखमा झुण्ड्याइएको थियो। सेप्टेम्बर २८ तारिखका दिन धरान हङकङ मञ्चको १५ औं वार्षिक उत्सव मनाउन पुगेका धरानेहरु धरानलाई माया गर्नेहरुको झुण्ड घरिघरि ब्यानर नजिक पुगेको देखिन्थ्यो।

त्यहाँ प्लाष्टिकको डोनेशन बक्स अनि बक्सको फेदमा नेपाली बालबच्चाहरुको सामुहिक तस्बीरहरु थिए। ब्यानर राखिएको रुखको नजिकै चटपटे र पानी पुरी बाड्ने दिदीबहिनीहरु हँसिला देखिन्थे। विस्तारै डोनेशन बक्स भरिंदै गएको थियो।

अन्ततः धरान युथ एशोसिएशन हङकङले अमिलो पानीपुरी र पिरो चटपटेको सहाराले धरान ११ स्थित बाल स्याहार गृह धरानको सहयोगार्थ १ लाख ८० हजार रुपैया सहयोग रकम संकलन गर्यो।

संकलन भएको रकम धरान युथ एशोशिएसनका भूपू अध्यक्ष सुरेश लिम्बू मार्फत धरानमा बाल स्याहार गृहलाई हस्तान्तरण गर्ने युथका अध्यक्ष सुदीप राईले बताउनु भयो। रकम संकलन गर्न चेली लिम्बूले संयोजकको भूमिका निर्वाह गरेको र युथका अन्य सदस्यहरुले सक्रिय रुपमा साथ दिएको सचिव दिनेश लिम्बूले जानकारी दिनुभयो।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू





Comments

comments

1958