एनआरएन अमेरिकाको अध्यक्षमा दोश्रो पटक केशव पौडेल बिजयी

विजय थापा –

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्पर्धीलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक चिकित्सक केशव पौडेल निर्वाचित भएका छन्।

अध्यक्ष पदमा केहि समय अगाडिसम्म ५ जनाले उम्मेदवारी दिएका थिए। तर अन्तिम समयमा अध्यक्ष पदका उम्मेदवार गौरी जोशीले उम्मेदवारी फिर्ता लिएपछि अन्तिम प्रतिस्पर्धामा पौडेल सहित ४ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए। पौडेलले ४६.७ प्रतिशत मत ल्याई पुन: बिजयी भएका छन्।

मतदान गत सेप्टेम्बर ५ देखि सेप्टेम्बर ६ तारिख सम्म बिहान ८ बजे देखि मतदान बिधुतीय प्रकियाद्वारा निर्वाचन भएको थियो। बुधबार राति सेप्टेम्बर ६ तारिख ११:५९ मिनेट पूर्वीय समय सम्पन्न मत गणना अनुसार चिकित्सक पौडेलका निकटतम प्रतिद्वन्दीहरु रविना थापा ,राम सी पोखरेल ,तथा कृष्ण पोख्रेल रहेका थिए। पौडेलले आफ्नो चुनाबी प्रचार प्रसारमा पहिलो कार्यकालमा अधूरा रहेका काम गर्न पुन :अवसर दिन आग्रह समेत गरेका थिए।

जम्मा १४ हजार ५ सय २० मतदाता मध्ये ९ हजार २ सय ८२ मत खसेको छ। कुल ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। यसै गरि वरिष्ठ उपाध्यक्ष पदमा सुनिल शाह बिजयी भएका छन्। ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरुमा क्रमशः दक्षिण क्षेत्रका लागि जेदु पोख्रेल ,मध्य पश्चिम क्षेत्रको लागि राधा पौडेल ,उत्तर पूर्व क्षेत्रको लागि राम कुमार सुबेदी तथा पश्चिमक्षेत्रको उमा कार्की थापा रहेका छन्।

यसै गरि महासचिबमा बाबुराम लामा बिजयी भएका छन् भने सचिबमा होम नाथ गौतम बिजयी भएका छन्। कोषाध्यक्षमा प्रकाश अर्याल र महिला संयोजकमा इन्दिरा त्रिपाठी बिजयी भएका छन्। यसै गरि कार्यकारी समितिको सदस्यहरुमा अमृत कट्टेल ,आङ्ग ग्याल्जेन ,अरुण बन्जाडे ,बिन्दु सापकोटा ,दिव्या केसी ,गोपेंद्र भट्टराई , कृष्ण लामिछाने ,प्रिती सगर खत्री,संजय थापा ,तृष्णा शर्मा तथा बिष्णु बहादुर शाह बिजयी भएका छन।

आइसीसी सदस्यहरुमा डिल्ली भट्टराई ,बन्दना कोइराला ,बलराम थापा ,बेदराज बस्नेत ,बिष्णु मान प्रधान ,धर्म भट्टराई ,गोमा सेन तथा प्रकाश सापकोटा बिजयी भएका छन्।





Comments

comments

Leave a Reply

19620