एभरेष्ट आईडल युकेको सेमी-फाईनल राउण्ड सम्पन्न

एचकेनेपाल डट कम संवाददाता –

ईएमएच लिमिटेड युकेको प्रस्तुतीमा आयोजित भ्वोईस अफ नेपाली डायस्पोरा एभरेष्ट आईडल युके २०१७ को सेमी-फाईनल राउण्ड आश्फोर्डको नर्टोन नाचबुल स्कूल हलमा भब्य रुपमा उपस्थित दर्शकहरुको अगाडी फाईनल राउण्ड प्रबेशका लागि सहभागीहरुले उत्कृष्ट प्रदर्शन गर्दै सम्पन्न भएको छ।

अडिसन राउण्ड बाट छानिएका प्रतिस्पर्धीहरुबीच भएको साँगीतिक प्रतिष्पर्धाको निर्णायकहरुमा गायिका शर्मिला बर्देवा, गायक बिसी राई र अतिथि निर्णायक संगीतबिज्ञ ईन्द्र गुरुङ रहेका थिए।

धेरै प्रतिष्पर्धीबी फाईनल राउण्डका लागि उत्कृष्ट प्रतिभा चुन्ने जिम्मा दर्शकहरुको भोटिङबाट २५ प्रतिशत र निर्णायकहरु बाट ७५ प्रतिशत मत निहित गरिएको थियो।

प्रतिष्पर्धीहरुको उत्कृष्ट प्रस्तुतीहरु केहि समय पश्चात युट्युब च्यानल एभरेष्ट आईडल र अन्य अनलाईनका माध्यमबाट सबै सामू पुर्याउने तयारीमा ईएमएच लिमिटेड रहेको छ।

२७ प्रतिश्पर्धीहरु एभरेष्ट आईडल युकेको उपाधि चुम्ने अभिलाषाका साथ युकेका बिभिन्न स्थानबाट प्रतिष्पर्धा गर्न भेला भएका थिए।

कार्यक्रमलाई सफल बनाउन न्यू-लक्ष्मी ज्वेलर्स, पिपल मोर्गेज, देउकी राई, गोर्खा भिल्ला रेस्टुरेन्ट आश्फोर्ड, गोर्खा भिल्ला रेस्टुरेन्ट अल्डर्सट, काठ्माण्डु ज्वेलर्स, युरोपा फूड, निरा पिजि र पुन हिल ग्रोसारीले प्रायोजन गरेका थिए।

मिस युके नेपाल २०१४ निया देवान र नबराज राईद्वारा संचालित एभरेष्ट आईडल युकेको ग्राण्ड-फिनाले आगामी २८ अक्टोबर २०१७ मा अल्डर्सटको एम्पायर हलमा भब्यतापूर्बक आयोजना गरिने छ।

उपस्थित दर्शकहरुको अनुरोधमा निर्णायकद्वय गायिका शर्मिला बर्देवा र गायक बिसी राईले आफ्नो गीत प्रस्तुत गर्दै मनोरन्जन प्रदान गरेका थिए।

सेमी फाईनल राउण्डमा उत्कृष्ट प्रदर्शन र प्रस्तुती दिंदै १४ जना प्रतियोगीहरु सोनाहाङ राई, मिरु चन्द, निमन तामाङ, दिप प्रकाश राई, किरण गुरुङ, प्रबेश राई, मार्गरेट लिम्बू, आईती गुरुङ, सुमी राई, लच्छु शेर्पा, काशी राई, सकुन सुनुवार, नन्दिका राई र मनोज गुरुङ फाईनल राउण्डमा प्रबेश गरेका छन्।

२८ अक्टोबर २०१७ मा भब्य रुपले आयोजना हुने एभरेष्ट आईडल युकेको फाईनल राउण्डमा निर्णायक र उपस्थित दर्शकहरुको भोटका आधारमा “पहिलो नेपाली डायस्पोराको आवाज” एभरेष्ट आईडल युके २०१७ छानिने छ।

“बिदेशमा रियालिटी शो आयोजना गर्नु अत्यन्तै असहज हुने भए पनि नेपाली समाजमा रहेका प्रतिभाहरुलाई अगाडी बढ्न प्रेरणा दिने मुख्य उद्देश्यका साथ आर्थिक भार ब्यहोरेर पनि एभरेष्ट आईडलका माध्यमबाट समाज सेवा गर्न प्रेरित भएकाले ईएमएच लिमिटेडले यो कार्यक्रम आयोजना गरेको हो। अवश्य पनि अवसरको खोजिमा रहेका प्रतिभाहरुले फक्रने र फुल्ने अवसर प्राप्त गर्नेप्रति मेरो टिम बिश्वस्त रहेको छ” कम्पनीको उद्देश्यका बारेमा ईएमएच लिमिटेडका सिईओ ईश्वर चाम्लिङले एभरेष्ट आईडलबारे आफ्नो धारणा सुनाए।

“नेपालमा आयोजना हुने कार्यक्रम जस्तो सहज रुपमा बाध्यबादकलगायत दक्ष प्राबिधिकहरुको अभाबीच रियालिटी कार्यक्रम आयोजना गर्नु, तैरिनु नसिकी नदी तर्ने हिम्मत गरे जस्तै गाह्रो काम हुने रहेछ। तर हामिले सके जति र सम्भब भए जति सम्पूर्ण कुराहरुको तर्जुमा गरेर कार्यक्रम गरिरहेका छौ। सिक्ने क्रममा पनि छौं, निकट भबिष्यमा टिभीमा नै प्रशारण गर्ने गरी यो एभरेष्ट आईडल युकेलाई अघि बढाउने हाम्रो योजना रहेको छ। बिदेशबाट उत्कृष्ठ प्रतिभा उत्पादन गर्ने मुख्य कार्यक्रम बनाउने हाम्रो उद्देश्य पूरा गर्ने हाम्रो लक्ष्य हो”, भन्दै कार्यक्रम संयोजक किसन राईले आफ्नो बिचार सुनाए।

“अहिले प्रतियोगिता कै ढाँचामा कार्यक्रम आयोजना गर्नु परिरहेकाले पनि टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरु जस्तो फिनालेमा टप ३ जना मात्रै लाने जस्तो सजिलो हामीलाई छैन, सिमित समय अवधिभित्र सबै कुराको तर्जुमा र साईत मिलाएर मात्रै बिदेशमा कार्यक्रम गर्न सकिन्छ त्यही कारण हामीले अहिले सेमी फाइनलदेखि सहभागिताको १० देखि २० प्रतिशतलाई फाइनल राउण्ड लानु पर्ने बाध्यताले गर्दा अहिले अलिक बढी फाइनलिस्ट संख्या पुगेको हो। यो अचम्मित खाल्को कदम होईन, भन्दै नेपालबाट कार्यक्रमका लागि युके आईपुगेका बोर्ड अफ डाईरेक्टर किशोर पुनले फाइनलिस्टहरुको सख्याको बारेमा जानकारी दिए।

युकेमा रहेका गायक गायिका गीतकार अनि संगीतकारहरुलाई मात्रै अतिथिका रुपमा निमन्त्रणा गरिएको कार्यक्रममा पिपल मोर्गेजका सूर्य गुरुङ प्रायोजकहरु मध्यबाट अतिथिका रुपमा उपस्थित थिए।

२८ अक्टोबरमा ग्राण्ड फिनालेमा उपस्थित भएर आफूले मन पराएको प्रतियोगीलाई भोट गरेर पहिलो एभरेष्ट आईडल बनाउने जिम्मा अब युकेका नेपाली दर्शकहरुको!

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19668