एनआरएनए पोर्चुगलको अध्यक्षमा कार्की, वरिष्ठ उपाध्यक्षमा गुरुङ बिजयी

वाईवि तमू , लिस्वन , १२ सेप्टेम्वर। गैरआवासीय नेपाली संघ, पोर्चुगलको आगामी दुई वर्षे कार्यकाल २०१७-२०१९का अन्तर्राष्ट्रिय समन्वय परिषदमा नरेन्द्र बहादुर हमाल र पेम्वा शेर्पा तथा अध्यक्ष पदमा कुवेर कार्की निर्विरोध निर्वाचित भएका छन्।

तीन जना उपाध्यक्ष, महिला उपाध्यक्ष ,कोषाध्यक्ष र युवा संयोजक पदमा निर्वाचन भएको थियो । जसमा सबै भन्दा बढि मत लिएर कमल गुरुङ विजयी भएका छन् त्यस्तै अन्य द्वय उपाध्यक्षमा गोबिन्द सापकोटा र कान्छा राम बुढाथोकी बिजयी भएका छन्।

कुल मत मध्ये कमल गुरुङले ८६२,गोबिन्द प्रसाद सापकोटा ८३८,कान्छाराम बुढाथोकी ७६१ मत प्राप्त गरि बिजय भएका थिए भने अर्का उपाध्यक्ष गणेश पाण्डेयले ५०५ मत प्राप्त गरेका थिए ।यसरि प्राप्त मतको आधारमा सबैभन्दा बढि मत प्राप्त गरि कमल गुरुङ बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्।

त्यस्तै महिला उपाध्यक्षमा बिष्णु लुइटेलले ७०४ मत प्राप्त गरि बिजय भएकी छन् भने उनका प्रतिद्वन्दी गीता रानाले ४०७ मत प्राप्त गरेको थिईन भने कोषाध्यक्षमा कुमार तामाङले ७३५ मत प्राप्त गरि बिजयी भएका छन् भएन उनका प्रतिद्वन्दी रमेश राज वास्तोलाले ३७२ मत प्राप्त गरेका अच्हन त्यस्तै युवा संयोजकमा रविन अधिकारीले ८१५ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्दी पेमाछिरि शेर्पाले २९५ मत प्राप्त गरेका थिए।

एनआरएनए,पोर्चुगलमा कुल पंजीकृत सदस्य २३४५ मध्ये करिव पचास प्रतिशत मत खसेको थियो जसमा कुल जम्मा ११५८ मत मात्र खसेको कुरा निर्वाचन समिती सदस्य राज कुमार थापाले जानकारी दिएका छन्।

राजधानी लिस्वन केन्द्रबाट ६६५ मत मात्र खसेको थियो भने लिस्वन बाहिर जम्बोजेरा,भिलामोरा,मोण्टेगोर्दो,सन्तोतोनिय उप-केन्द्रबाट ४९३ मत खसेको थियो।

गैरआवासीय नेपाली संघ, पोर्चुगलको इतिहासमा यो दोस्रो पटक भएको निर्वाचन हो।

सहमतिय आधारमा चयन गर्ने परम्परालाई तोड्दै यस पटकको निर्वाचनले पोर्चुगलको नेपाली समाजमा नयाँ आयामको सुरुवात भएको कुरा बिशलेषकहरु बताउछन भने केहि व्यक्तिहरुको व्यक्तिगत इगो र हठका कारण सिंगो समाज एकातिर हुदा हुदै निर्वाचनमा जानुले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक प्रभाव परेको गुनासो पनि सुनिने गरेको छ। अन्य पदहरु महासचिव सचिव,महिला संयोजक,लगायत सम्पूर्ण सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए।

फोटोः फोटोदृष्टि डट कम





Comments

comments

Leave a Reply

19696