अमेरिकामा जर्जिया एटलान्टाका भुटानी फुटबल टिम बिजयी

प्रतिनिधि,क्यालिफोर्निया / एचकेनेपाल डट कम-
अमेरिकामा आएर पनि नेपाली भाषी भुटानीहरु बेला मौकामा बिभिन्न कार्यक्रमको आयोजना गरेर अमेरिकाको हरेक राज्यामा छरिएर बसेकाहरुलाई एउटा स्थानमा भेला हुने अवसर प्रदान गर्ने गर्छन।

त्यस्तै अवसरको रुपमा जर्जियामा बस्ने भुटानी भूतपूर्व फुटबल खेलाडीहरुद्वारा सुरुवात गरिएको (Annual Bhutanese Interstate Soccer Tournament ) अर्थात अन्तरराज्य स्तरको फुटबल खेलको आयोजना हरेक बर्ष हुदै आएको छ। जसको उद्देश्य भनेको अमेरिकाको विभिन्न ४८ राज्यमा छरिएर बसेका भुटानी समुदायलाई खेलको माध्यमबाट एकजुट बनाउने, परदेशमा स्वदेशको याद र आपसी मेलमिलापलाई कायम राख्ने जानकारी आयोजकले जनाएको छ।

त्यसै अन्तर्गत क्यालिफोर्निया र टेक्सासले दोश्रो र तेश्रो खेलको आयोजना बिगतका बर्षहरुमा आयोजन गरिसकेको छ भने यसबर्ष चौथो अन्तर राज्य फुटबल प्रतियोगिता भब्यताको साथ पेन्सिलभेनियाको भुटानी समुदाय “भुटनीज अमेरिकन युथ अफ एरिले जून २२, २०१४ मा सफलता पूर्वक योजना गरेको छ।

जुन २० देखि शुभारम्भ भएको खेलको फाइनल जुन २२मा भएको उक्त प्रतियोगितामा अमेरिकाको २३ राज्यका ४० टिमले सहभागिता जनाएको थियो। जसमा ७६० खेलाडीहरु अमेरिकाको ३९ सहरहरुबाट सहभागी हुन् पेन्सिलभेनिया आएको आयोजक समितिले जनाएको छ।

प्रतियोगितामा नगद पुरस्कारको समेत व्यवस्था भएकोले बिजयी टिमलाई अमेरिकी डलर $२००१ , हरेक खेलाडीलाई ट्रफी र बिजयी ट्रफीसमेत प्रदान गरिएको थियो जसमा जर्जिया एटलान्टाले एकको बिरुद्ध ४ गोल गरेर बिजयी बनेका थिए। पहिलो रनर कप मा ओहाइयो कोलम्बसका टिमलाई अमरिकी डलर $ १५०१ र हरेक खेलाडीलाई ट्रफी र रनर कप प्रदान गरिएको थियो।

त्यसै गरि म्यान अफ द टुर्नामेन्ट को खिताब सबै भन्दा धेरै गोल गर्ने दिल्ली भट्टराई लाइ ६ खेलमा ११ गोल गरेकोमा प्रदान गरिएको थियो। त्यसै गरि म्यान अफ द म्याच मा लोकेन्द्र खड्का र बेस्ट टिमको उपाधि सिन्सिनाटी अहाइयोलाइ प्रदान गरिएको थियो भने करिब ८०० जना दर्शक सामु भएको उक्त भब्य खेलमा प्रमुख अतिथिको रुपमा मल्टी कल्चरल रिसोर्स सेन्टरका निर्देशक पाउल जेरिको उपस्थिति रहेको थियो। तीनदिने खेलमा करिब २००० दर्शकले खेलको मनोरंजन लिएको थियो।

फहिलो दिनको खेलमा ४ बटा बिभिन्न खेल मैदानमा २८ म्याच खेलिएको थियो भने दोश्रो दिनमा १२ म्याच खेलिएको थियो। तेश्रो दिनको फाइनल म्याच पेन्सिलभेनियाको भेटेरन स्टेडियममा भब्यताको साथ् खेलिएको थियो जसमा अमेरिकाका मान्यता प्राप्त रेफ्री द्वारा तिनै दिनको खेल संचालन गरिएको जानकारी आयोजक मध्येका भूतपूर्व खेलाडी गंगा गुरुङ, देबी सुबेदीले दिएका छन्। आयोजक टोलीमा करिब ५० जना मेम्बर र १० जना बरिष्ठ खेलाडी रहेको र उनीहरु क्यलिफ़ोर्नया, जर्जिया, टेनेसी , बुफेलो , न्यु योर्क, कोलम्बसलगायतका स्वयंसेवकहरुको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको जानकारी क्यालिफोर्निया निवासी अनन्त गुरुङले जनाएका छन्।

त्यसै गरि संयोजक गङ्गा गुरुङ्ग्को अनुसार प्रत्येकदिन २० जना स्वयंसेवकहरु खाना तयार गर्न र करिब १२०० जनालाई खुवाउन खटेका थिए। त्यसै गरि यो ठूलो लागतमा योजना गरिएको हुनाले र धेरै खर्च आउने भएकोले बाहिरबाट आउने करिब २०० खेलाडीहरुलाई मोटेलमा र अन्य करिब २०० जना खेलाडीहरु भने आफन्त र समुदायका परिवारसित मिलेर बसेका र बाँकी अन्य खेलाडी सहभागी स्वयंसेवक अतिथिहरुलाई समेत त्यसै गरि व्यवस्थापन गरेको थियो।

कार्यक्रमको अन्तमा खेलको सहसंयोजक देबी सी सुबेदी बि ले खेल र व्यवस्थापन सफल परेकोमा सबैलाई धन्यबाद ज्ञापन गरेका थिए।
स्मरण रहोस् हरेक बर्ष योजना गरिने उक्त फुटबल खेल आउने बर्ष न्यास्भिल टेनेसिले आयोजना गर्ने जानकारी गराउदै यसबर्षको खेलमा सम्पूर्ण व्यवस्थापनको लागि $ ३२,००० खर्च भएको समेत आयोजक समितिले जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

197