एआईजीको असुली धन्दा, लाजिम्पाट दरबारसम्म पुग्न थाल्यो कमिशन…

चितवन । नेपाल प्रहरीमा बाहिर काम गरेको देखाउने र भित्रभित्रै असुली धन्दा चलाउने प्रचलन नयाँ होइन।

हालै डिआईजीबाट बढुवा भएका एआईजीहरूको कार्यकाल अब छ महिना मात्रै बाँकी छ । कतिपय आईजीहरू तीस वर्षे सेवा अवधि हटाएर ३२ पुर्‍याई अवधि लम्ब्याउने खेलमा लागेका छन् भने कतिपय एआईजीहरू कार्यकाल सकिन थोरै समय रहेको भन्दै असुली धन्दा चलाउन थालेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दवावमा ३ नम्बर प्रदेशको प्रमुख बनेका एआईजी केशरीराज घिमिरेले चितवन, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवालगायतका जिल्लाहरूमा छुट्टै घुमुवा प्रहरी परिचालन गरी असुली धन्दा चलाएका छन्।

चितवनमा एआईजी घिमिरेले यतिसम्म गरेका छन् कि एउटा ठाउँमा एउटै पदमा ईञ्चार्ज भईसकेकालाई पुनः सोही ठाउँमा काज सरुवा गरी ईञ्चार्ज बनाएर पठाएका छन् । जबकि प्रहरी नियमावली अन्तर्गत एउटै पदमा रहेको बेला एक ठाउँमा दुई पटक ईञ्चार्ज बनाउन मिल्दैन।

तर, एआईजी घिमिरेले चितवनको चनौली प्रहरीचौकीमा हेटौँडा गणमा दरबन्दी रहेका सई भानुभक्त आचार्यलाई प्रमुख बनाएर पठाएका छन्। चनौली चौकीमा सई बज्रकिशोर दास ईञ्चार्ज हुन अघि पनि आचार्यले नै प्रमुख भएर चलाएका थिए । तत्कालीन मध्ये क्षेत्रका डिआईजी गणेश केसीले सई आचार्यलाई हेटौँडा गणमा नै फिर्ता गरेका थिए।

तर, ३ नम्बर प्रदेशमा एआईजी घिमिरे प्रमुख बनेपछि नियमलाई नै धोती लगाई सई आचार्यलाई चनौलीको प्रमुख बनाएर पठाएका छन्।

जुवा, तस्करी र आपराधिक गतिविधिको हब मानिने चनौलीमा एआईजी घिमिरले दशैँको मुखमा पैसा कमाउन सई आचार्यलाई प्रमुख बनाएको प्रहरी स्रोतले बताएको छ । त्यस्तै सप्तरी जिल्लामा दरबन्दी रहेका असई कमल परियारलाई एआईजी घिमिरेकै मौखिक दवावमा जिल्ला प्रहरी कार्यालय चितवनमा काज सरुवा गरिएको छ।

परियार र आचार्यको असुली धन्दाले आजित बनेका चितवनका एसपी दीपक थापा उनीहरूलाई हटाउन एआईजी घिमिरेका कारण असफल भएका छन् । विना पत्र चितवनमा बसेर काम गर्दै आईरहेका असई परियारले चितवनका जुवाडेदेखि चोरीका मोटरसाईकल र गाडीको कारोबार गर्ने गिरोहसँग लाखौँ रकम असुली गरेर एआईजी घिमिरेलाई कमिशन बुझाउँदै आएको आरोप लागेको छ ।

असई परियारले चोरीका मोटरसाईकल बरादम गरी प्रहरी कार्यालयमा दाखिला नगरी पुनः गिरोहलाई नै बेच्दै आएको जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी पर्दा समेत एसपी थापाले कारबाही गर्न सकेका छैनन् ।

यसको एक मात्र कारण असई परियारको चोरी धन्दा चलाउने माओवादी नेताहरूसँगको उठबस र एआईजी घिमिरेसँगको रहस्यमय सम्बन्ध ।

पूर्वक्षेत्रको डिआईजी छँदा सुपारी तस्करीमा मुछिएका दीपक पोखरेलको गिरोहसँग करोडौँ असुलेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कमिशन बुझाई ३ नम्बर प्रदेशको प्रमुख बनेको आरोप लागेका घिमिरे बाहिर हेर्दा सोझा प्रहरी देखिन्छन् । तर, भित्री रुपमा एआईजी घिमिरेको असुली धन्दाले सिङ्गो प्रहरी संगठन नै बद्नाम भएको हेडक्वाटर स्रोत बताउँछ। यूनाइटेड पोष्ट साप्ताहिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

19725