गायिका मिलन अमात्यले खोलिन् रहस्य, भन्छिन्- ‘पारिवारिक र निजी कुराको प्रचार नगरौं!’

भूमिराज राई / एचकेनेपाल डट कम –

लोकप्रिय गायिका मिलन अमात्यको बारेमा अहिले सामाजिक सँजालमा निक्कै हल्लीखल्ली छ।

उनको कुरा क्यानडा जाने भिषा नलागेको कुरा लिएर शुरु भए पनि दीपक लिम्बूसँग नाम जोडिएपछि झन सबैको कान ठाडो भएको थियो। अझ अहिले आएर उनको डिभोर्स भएको कुराले त झन ‘बाघ कराउनु बाख्रा हराउनु’ भन्ने उखान ठ्याक्कै मिले जस्तो भएको छ। कुरा काट्नेहरुलाई निहुं मात्रै चाहिने हो अरु के चाहियो!

अहिलेका फेसबुके मिडियाकर्मीहरुले अनेक समाचार बनाउन भ्याई सकेका छन्। यहिं बिषयमा जानकारी लिन गायिका मिलनलाई सम्पर्क गर्दा फोन अफ रहेछ, म्यासेज गरेर सम्पर्क गर्न अनुरोधको म्यासेज छोडें। केही समयपछि मिलन आँफैले सम्पर्क गरिन् र सबैले फोन गरेर हैरान बनाएको गुनासो गर्दै सम्पर्क गर्नुको कारण सोधिन्, अहिलेको हल्लाको सत्यता के हो ? भन्ने प्रश्न गर्दा निजी पारिवारिक कुरा अहिले मिडियामा प्रचार गरेर पनि केही फाईदा नभएको साथै आफ्नो बारेमा अनाधिकृत रुपमा आएका अन्य कुराहरु झुटो रहे पनि डिभोर्स भएको कुरा चाहिं सत्य हो भन्ने संकेत दिंदै पारिवारिक र निजी बिषयमा कुरा गरेर आफ्नो शुभचिन्तकहरुको मन दुखाउन नहुनेप्रति सजग रहेको जानकारी दिईन्।

अहिले आफूलाई पारिवारिक कारणले असजिलो अवस्था सिर्जना भएको र केही समय निजी बिषयमा कुरा गर्न आफु तयार नभएको भन्दै सबै शुभचिन्तक र पत्रकारहरुका नाममा अफिसियल्ली एउटा जानकारी अनुरोध गरेको जानकारी दिंदै सबैसँग यो असजिलो समयमा सकारात्मक दृष्टिकोणका साथ ब्यबहार गरिदिन आशा रहेको बताउँदै बिदा भईन् गायिका मिलन नेवार।

गायक दीपक लिम्बू र गायिका मिलन नेवार दुबैले समाचारको खण्डन गरिसकेकाले उनीहरु बिचको कुरा यहाँ उल्लेख गरिरहनु जरुरी भएन। गायिकाको सम्बन्ध बिच्छेदको कुराका बारेमा ‘काठमाडौं जिल्ला अदालतले फैसला गरेको’ भन्ने समाचार आईसकेकाले त्यो समाचारले दिनु पर्ने जानकारी दिसकेको छ।

अब गायिकालाई अहिले पक्कै पनि पारिवारिक समस्याको तनाब त छ नै, यो बेल उनका फ्यान, शुभचिन्तक र बिषेश गरेर जिम्मेवार मिडिया र मिडियाकर्मीले यो समस्या बुझेर केही समय गायिका मिलन नेवारलाई निजी जीबनका बारे अनेक लेखेर घाउमा नुन छर्किनु हुन्न भन्ने हाम्रो बुझाई हो।

गायिकाले अनुरोध आफ्नो फेसबुकमा पोस्ट गरेकी छिन्…. जस्ताको तस्तै

मेरो अनुरोध 🙏🙏

सम्पूर्ण शुभचिन्तक आफन्त मित्रहरु अनि संचारकर्मी मित्रहरु !
अहिले मेरो बारेमा बिभिन्न अनावश्यक बिषयहरु प्रकाशन हुँदै गरेको प्रती मेरो ध्यानाकर्षण भएको छ ।
म बिशुद्द नेपाली सँगीतको साधना र पूजा गर्ने तपाँईहरुको प्रिय गायिका हुन हरदम प्रयासरत सँगित साधक हुँ ।
अहिलेको मेरो पारिवारिक र ब्याग्तिगत कुराहरुको बारेमा म मिडियामा प्रचार गर्न चाहन्न । मेरो ब्यातिगत निजी कुराहरुको बारेमा मिडियामा कुरा गरेर हुने पनि केहि होईन ।

म पनि मान्छे नै हो, मेरो पनि आफ्नो निजी जिबन छ, परिवार छ अनि मेरो पनि मन छ र दु:ख पर्दा म पनि रुन्छु !

अहिले म आफ्नो निजी मामिलामा असहज अवस्थामा छु, मेरो बारे नकारात्मक कुराहरु लेखेर मलाई नराम्रो बनाउने कार्य नगर्न नगराउन मेरो हार्दिक अनुरोध !

अहिले सम्म आएका नकारात्मक कुराहरुका बारेमा कानुनी उपचारको लागी मेरो कानुनी सल्लाहकार टिमसँग सहकार्य हुँदै नै छ, यध्यपी म कसैलाई पनि नराम्रो होस भन्ने चाहाना राख्ने ब्यक्ती नभएको स्पष्ट पार्दै अहिले म आँफै असजिलो अवस्थामा रहेको बेला अझै चोट माथी चोट दिएर पिडित नबनाई दिन म सबै सँग बिन्ती गर्छु !🙏🙏

केहि समय मलाई कुनै पनि निजी बिषयमा केहि कुरा नगरिदिन र मलाई यो असजिलो समय देखी बाहिर ल्याउन/बाहिर आउन दिन सबैसँग हार्दिक बिनम्र अनुरोध गर्दछु ! 🙏

तपाँईहरुको गायिका
मिलन नेवार





Comments

comments

Leave a Reply

19774