चीन जोड्ने सम्झौता नयाँ नाकाबाट

चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदै छ।

दुई देशका उच्चस्तरीय वार्ताटोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो। त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली काठमाडौं आइसकेको छ भने १७ सदस्यीय नेपाली टोलीको अन्तिम टुंगो लागेको खबर नयाँपत्रिकामा छ।

चिनियाँ टोलीमा त्यहाँको यातायात मन्त्रालय, पराराष्ट्र, गृह, अर्थ, वाणिज्य मन्त्रालयलगायत तिब्बत क्षेत्रका प्रतिनिधि रहेका छन् । त्यस्तै, नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कार्यबाहक सचिव धु्रवराज जोशीले गर्नेछन् । त्यस्तै, गृह, अर्थ, वाणिज्य, पराराष्ट्र, कानुन मन्त्रालयका सहसचिव टोलीमा छन्।





Comments

comments

Leave a Reply

19793